चैत्र ६, २०८२ शुक्रबार | १२:०३:०६
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

नवौँ राष्ट्रिय खेलकुदलाई एक महिना बाँकी: कहाँ खेलाउने अझै टुङ्गो छैन

पोखरा । नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण सुरु हुन आजको मितिले ठ्याक्कै ३० दिन बाँकी छ । ठूलै गडबड नभए आगामी असोज २८ गते पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।

गण्डकीले ३९ वर्षपछि वृहत राष्ट्रिय खेलकुदका लागि देशभरका शीर्ष खेलाडीलाई आतिथ्य प्रदान गर्ने कुराको टुंगो लागेको धेरै भइसक्यो । २०४० सालमा तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रले दोस्रो राष्ट्रिय खेलकुद महोत्सव आयोजना गरेको थियो । यसपाली भने देश प्रादेशिक संरचनामा गइसकेकाले गण्डकी प्रदेशको नाममा त्यही भुगोलमा राष्ट्रिय खेलकुद फर्किएको छ ।

प्रदेशको राजधानी पोखरालाई केन्द्र बनाएर गर्ने भन्दै घोषित नवौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी समेत गरि कुल ३८ खेल समावेश छन् । नयाँ संरचनाअनुसार पहिलो पटक गण्डकीले गर्न लागेको राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशका सबै जिल्लामा कुनै न कुनै खेल लगिने पनि घोषणा गरिसकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भदौ १५ गतेभित्र नै सबै ३८ खेल गराउने ठाउँको टुङ्गो लगाउने कार्यतालिका बनाएको एको थियो । तर त्यो समयसिमा कटेको १३ दिन बितिसक्दा पनि राखेपले कुन खेल कहाँ हुन्छ भनेर भन्न सकेको छैन ।

प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुद लान सके त्यसमा सबैको अपनत्व हुने, खेल संस्कार स्थापनामा सहयोग पुग्ने तथा पूर्वाधार बन्ने उद्देश्य थियो । तर उद्देश्य एकातिर र कामकाज अर्कोतिर हुँदा गण्डकी प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुद पुर्याउने योजना केवल नारामै मात्र सीमित हुने भएको छ ।

‘नारा र भाषणमा जे भने पनि पूर्वाधार निर्माणको काममा सिन्को भाच्ने काम पनि भएको छैन । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)का केही खेल ल्याउँदा बनाएको पूर्वाधारबाट खेलकुद नेतृत्व ढुक्क थियो । त्यसैले उहाँहरुले राष्ट्रिय खेलकुदका लागि थप पूर्वाधार बनाउनेमा कुनै ध्यान दिनुभएन । सबै जिल्लामा लाने भनेर भाषण चाँही गर्नुभयो, तर जिल्लाका पूर्वाधारको अवस्था याद गर्नुभएन । सरकारबाट बजेट ल्याउने, झारो टारेर खेल सम्पन्न गर्नेमा मात्र नेतृत्व केन्द्रित देखिन्छ,’ कास्कीका एक पाका खेलकर्मीले गुनासो गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भदौ १५ गतेभित्र नै सबै ३८ खेल गराउने ठाउँको टुङ्गो लगाउने कार्यतालिका बनाएको एको थियो । तर त्यो समयसिमा कटेको १३ दिन बितिसक्दा पनि राखेपले कुन खेल कहाँ हुन्छ भनेर भन्न सकेको छैन । जसका कारण स्थानीय आयोजकदेखि खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेल संघहरु अन्योलमा छन् ।

स्रोतका अनुसार पूर्वाधारको अभाव तथा मनाङ र मुस्ताङमा त्यो समयमा अत्यधिक चिसो हुने भएकाले खेल गराउने कठिन हुने नेतृत्वको बुझाई छ । तर त्यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ । यही कारण राखेपले समयमै खेलस्थलको बारेमा निर्णय गर्न नसकेको बताइन्छ ।

राखेपद्धारा खेलस्थल पहिचान गर्नका लागि गठित उपसमितिले निर्धारित समयभित्रै सबै जिल्लाको भ्रमणपश्चात आफ्नो सिफारिस पठाइसकेको जनाएको छ । तर उपसमितिको सिफारिस आइसके पनि राखेपले अन्तिम टुङ्गो नलगाएका कारण तयारी प्रभावित भएको स्थानीय अधिकारीहरु बताउँछन् ।

खेलस्थल टुङ्गो नलागेका कारण मर्मत सम्भार तथा स्तरोन्नतिका काम गर्न नसकेको जानकारी गराउँदै पोखरामा कार्यरत राखेपका एक कर्मचारीले भने, ‘अझैसम्म हामीलाई स्पष्ट निर्देशन आएको छैन । मंगलबार (आज) खेलस्थल घोषणा हुन सक्ने भनिएको छ । त्यसपछि मात्र विभिन्न भेन्युहरुलाई खेल्न लायक बनाउन आवश्यक काम गर्नु भन्ने आन्तरिक सर्कुलर छ ।’

उनका अनुसार केही खेल स्थलको विषयमा माथिल्लो तहमै कहाँ गर्ने भन्नेमा अन्योल कायम छ । उच्च स्तरबाट त्यसको निर्णय गरेपछि मात्र घोषणा गर्ने योजना हो ।

विवादित फ्रेन्चाइज लिग नेपाल ट्वान्टी २० लाई जबरजस्ती समय उपलब्ध गराउनका लागि राखेपले राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट भने झरिसँग पैठाजोरी खेल्दै काठमाडौंमा सुरु गरिसकेको छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने खेल मैदान तथा अभ्यास मैदानको अभावका कारण क्रिकेट काठमाडौंमा गरिएको हो । यसका साथै सुटिङ, पौडीलगायतका केही खेल काठमाडौंमा हुने सम्भावना छ ।

पोखराका पाका खेल पत्रकार सुदर्शन रञ्जित प्रत्येक वर्ष क्रिकेट मैदान सुटिङ रेन्ज र पौडी पाखरी बनाउनका लागि सरकारले बजेट छुट्याए पनि काम नहुनुलाई दूर्भाग्य मान्छन् । ‘प्रत्येक वर्ष पूर्वाधार बनाउन छुट्याएको बजेट फ्रिज भएर फर्किने अनि राष्ट्रिय खेलकुद आयोजना गर्दा पूर्वाधार नभएकै कारण क्रिकेट, सुटिङ र पौडी जस्ता खेल काठमाडौंमा गर्न पर्ने अवस्था आउनु भनेको गण्डकीको खेलकुदका लागि ठूलो दूर्भाग्य हो,’ रञ्जित भन्छन्, ‘यो समग्रमा नेपालकै खेलकुदका लागि दूर्भाग्य हो । राष्ट्रिय खेलकुदको बहानामा केही पूर्वाधार बन्न सक्थे, त्यो नबन्दा देशलाई नै घाटा हुने हो ।’

पोखरालाई केन्द्र बनाएर गरिन लागेको राष्ट्रिय खेलकुदका अधिकांश खेलहरु पोखरा रंगशाला परिसरमै हुनेछन् । पोखरा रंगशालामा फुटबल, भलिबल, आर्चरी, ब्याड्मिन्टन्, टेनिस र ह्यान्डबलका लागि सुविधासम्पन्न खेलस्थल छन् । यसैगरी रंगशाला परिसरभित्रै बहुउद्देश्शीय कभर्डहल तथा सेमि कभर्डहल पनि छन् । जहाँ मार्शल आर्टस, बास्केटबलजस्ता खेलहरु आयोजना गर्न सकिन्छ ।

खेलस्थल सिफारिस गर्ने क्रममा उपसमितिले पूर्वाधार भएको ठाउँको मात्र नाम उल्लेख गरेको बुझिएको छ । जसका कारण नयाँ पूर्वाधार बनाउने झण्झटबाट राखेप मुक्त छ । प्रदेशका सबै जिल्लामा कम्तिमा एक खेल लैजाने नीति भए पनि मनाङ, मुस्ताङ, लमजुङ  र तनहुँमा राष्ट्रिय खेलुकद नपुग्ने बलियो सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार पूर्वाधारको अभाव तथा मनाङ र मुस्ताङमा त्यो समयमा अत्यधिक चिसो हुने भएकाले खेल गराउने कठिन हुने नेतृत्वको बुझाई छ । तर त्यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ । यही कारण राखेपले समयमै खेलस्थलको बारेमा निर्णय गर्न नसकेको बताइन्छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो