चैत्र १२, २०८२ बिहीबार | ००:३३:१९
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

साउन २८, धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट खेलाडी डटकमका धनगढी संवाददाता पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन् । यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन् ।

यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य व्यक्त गरे । बन्दसत्रमा मञ्चका महासचिव प्रदीप पाठकले सांगठनीक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५७० आयव्ययसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । यस्तै मञ्चकै आयोजनामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने, कोरोनाकालमा जोखिम न्यूनिकरणका लागि मञ्चका सदस्यको कोरोना बिमा पनि गरेको थियो ।

गत आर्थिक वर्षमा प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमको सहकार्यमा खेलकुद पत्रकारिता तालिम पनि आयोजना गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो