माघ १७, २०८२ शनिबार | ०४:२१:११
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

खेलाडीको आरोपप्रति नेपाल व्यायाम मन्दिरको ध्यानाकर्षण

काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ती सार्वजनिक गर्दै मन्दिरको बदनाम गर्ने उद्देश्यले आयोजक समक्ष निवेदन नदिई गलत प्रचार प्रसार गरिएको बताए ।

‘नेपाल व्यायाम मन्दिरको आयोजनामा २०७९ वैशाख २३ र २४ गते आयोजना भएको १६औं धर्मश्री अन्तर्गत भएको प्रथम पुरुष तथा महिला फिजिक्समा भएको निर्णयप्रति असन्तुष्ट भई केहि व्यक्तिहरुमार्फत विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल व्यायाम मन्दिरको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

‘नेपाल व्यायाम मन्दिरले आयोजना गरेको कुनै पनि प्रतियोगिताको बारेमा निष्पक्ष निर्णायकका लागि शारीरिक सुगठनको आधिकारीक संस्थाबाट स्विकृत निर्णायकहरुलाई निर्णायकको रुपमा नियुक्त गरिएको र त्यसका बारेमा चित्त नबुझेमा निर्णायक मण्डल र आयोजक समक्ष निवेदन (अपिल) गर्नुपर्नेमा त्यस्तो नगरी विभिन्न समाजिक सञ्जाल तथा संचार माध्यमबाट चित्त नबुभेको कुरा प्रचार प्रसार र संप्रेषण गरिएको भन्ने जानकारीमा आएकोले यदि कुनै खेलाडीहरुलाई चित्त नबुझेको भए नेपाल व्यायाम मन्दिरमा निवेदन गर्नुहुन अनुरोध गर्दै १६औ धर्मश्रीको मुख्य आयोजक नेपाल व्यायाम मन्दिरको बदनाम गर्ने उद्देश्यले मात्र प्रचार प्रसार नगरी आधिकारिक प्रक्रिया अपनाउन नेपाल व्यायाम मन्दिर सबैमा हार्दिक अनुरोध गर्दछ ।’

यसअघि प्रतियोगिता समापनको भोलिपल्ट सहभागी खेलाडीले पत्रकार सम्मेलन गर्दै आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको  र खेलाडी प्रति आयोजकले अपहेलित व्यवहार गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सागर वि क, गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो ।

प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरेका हुन् । यस्तै, धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए ।

यस्तै  धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिक्सको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भएका थिए । यही विधामा विवाद भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।