चैत्र ९, २०८२ सोमबार | ०९:४६:५०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

खेलाडीको आरोपप्रति नेपाल व्यायाम मन्दिरको ध्यानाकर्षण

काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ती सार्वजनिक गर्दै मन्दिरको बदनाम गर्ने उद्देश्यले आयोजक समक्ष निवेदन नदिई गलत प्रचार प्रसार गरिएको बताए ।

‘नेपाल व्यायाम मन्दिरको आयोजनामा २०७९ वैशाख २३ र २४ गते आयोजना भएको १६औं धर्मश्री अन्तर्गत भएको प्रथम पुरुष तथा महिला फिजिक्समा भएको निर्णयप्रति असन्तुष्ट भई केहि व्यक्तिहरुमार्फत विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल व्यायाम मन्दिरको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

‘नेपाल व्यायाम मन्दिरले आयोजना गरेको कुनै पनि प्रतियोगिताको बारेमा निष्पक्ष निर्णायकका लागि शारीरिक सुगठनको आधिकारीक संस्थाबाट स्विकृत निर्णायकहरुलाई निर्णायकको रुपमा नियुक्त गरिएको र त्यसका बारेमा चित्त नबुझेमा निर्णायक मण्डल र आयोजक समक्ष निवेदन (अपिल) गर्नुपर्नेमा त्यस्तो नगरी विभिन्न समाजिक सञ्जाल तथा संचार माध्यमबाट चित्त नबुभेको कुरा प्रचार प्रसार र संप्रेषण गरिएको भन्ने जानकारीमा आएकोले यदि कुनै खेलाडीहरुलाई चित्त नबुझेको भए नेपाल व्यायाम मन्दिरमा निवेदन गर्नुहुन अनुरोध गर्दै १६औ धर्मश्रीको मुख्य आयोजक नेपाल व्यायाम मन्दिरको बदनाम गर्ने उद्देश्यले मात्र प्रचार प्रसार नगरी आधिकारिक प्रक्रिया अपनाउन नेपाल व्यायाम मन्दिर सबैमा हार्दिक अनुरोध गर्दछ ।’

यसअघि प्रतियोगिता समापनको भोलिपल्ट सहभागी खेलाडीले पत्रकार सम्मेलन गर्दै आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको  र खेलाडी प्रति आयोजकले अपहेलित व्यवहार गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सागर वि क, गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो ।

प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरेका हुन् । यस्तै, धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए ।

यस्तै  धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिक्सको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भएका थिए । यही विधामा विवाद भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो