माघ ५, २०८२ सोमबार | १६:३५:२२
एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित

त्रिभुवन आर्मी टिम च्याम्पियन

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सेनाले ६ स्वर्ण, दुई रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बन्यो ।

प्रतियोगितामा एपिएफको टिम दोस्रो स्थानमा रह्यो । एपिएफले तीन स्वर्ण, पाँच रजत र आठ कास्य पदक प्राप्त गर्यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले तीन स्वर्ण, पाँच रजत र तीन कास्य प्राप्त गर्यो ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाइलतर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाइनलमा सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गरिन् । तेश्रो स्थानमा सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ्ग रहे ।

पुरुषको टिम फ्वाइलतर्फ सेनाले जित हात पार्दै स्वर्ण कब्जा गर्यो । सेनाले बागमतीलाई ४५–२९ ले पराजित गर्यो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे ।

यस्तै, टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पार्यो । फाइनलमा सेनाले एपिएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।

महिला टिम फ्वाईलतर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्यो । एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गर्यो । यस्तै, यस विधामा सेना र प्रदेश नम्कर १ ले कास्य पदक पाए ।

पुरुष इपी टिमतर्फ सेनाले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्यो । तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नम्बर १ रहे ।

पुरुष सावर तर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो । नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ब्यक्तिगत स्पर्धातर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ्ग संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरे ।

प्रतियोगितामा अनुशासित खेलाडीको बनेका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट निर्णायकहरु सन्तोष पाण्डे र बिशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे ।

विजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्य सुभाष श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, सचिव रामजी बहादुर श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, नेपाल सुटिङ्ग संघका अध्यक्ष पुष्पदाश श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि एक सय १४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate