चैत्र ८, २०८२ आइतबार | १३:५१:२३
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

हार्ड-रकको 'मेसी बर्गर''

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेसीप्रतिको ‘क्रेज’ नेपालमा पनि अत्यधिक छ । मेसीको नाम र चित्रअंकित लुगा, स्टिकर र पोस्टर छ्याप्–छ्याप्ती देखिन्छन् । विश्व फुटबलका सर्वाधिक सफलमध्ये एक खेलाडी– मेसीका ‘फ्यान’लाई अर्को खुशी थपिएको छ । मेसी अंकित मर्चेन्टाइजमा रमाइरहेका समर्थकले अब ‘मेसी बर्गर’को स्वादमा रमाउने भएका छन् । हार्ड–रक क्याफे काठमाडौंमा ‘मेसी बर्गर’ पाइन थालेको छ ।

अमेरिकी ब्रान्डको विश्व प्रसिद्ध रेस्टुरेन्ट हार्ड–रक क्याफेले विश्वभरका सबै ‘फ्रेन्चाइज क्याफे’मा एकसाथ मार्च १ बाट ‘मेसी बर्गर’ लन्च गरेको छ । यससँगै दरबारमार्गको शेर्पा मलमा चार महिनाअघि खुलेको नेपालकै पहिलो हार्ड–रक क्याफेमा पनि पश्चिमा खानाप्रेमीहरूले मेसी बर्गरको स्वाद पाउने भएका छन् ।

हार्ड–रक काठमाडौंकी अपरेसन म्यानेजर दीपशिखा गुरुङका अनुसार मेसी बर्गरमा सात पटकका बलन डी अर विजेता लियोनेल मेसीलाई मन पर्ने ‘इन्ग्रिडियन्ट्स’ हालेर बनाइएको हुन्छ ।

विदेशमा मेसी बर्गरमा बिफ (गाईको मासु) राखिन्छ । तर, हार्ड–रक काठमाडौंमा भने त्यसको सट्टा बफ (राँगाको मासु) राखिने गुरुङले जानकारी गराइन् । उनका अनुसार मेसीलाई मन पर्ने खानेकुराहरू राखेर बनाइने यो बर्गरलाई अंग्रेजीको मेसी (भद्रगोल) जस्तो देखाइन्छ ।

‘यो अली धेरै खान सक्ने मानिसले मात्र बुत्याउन सक्नुहुन्छ । अली हेभी हुन्छ । यसमा अन्डा थप गर्ने व्यवस्था पनि हुन्छ,’ गुरुङले भनिन्।

१ हजार १ सय ९० रुपैयाँबाट सुरु हुने मेसी बर्गरको मुल्य अन्डा थप गरे सय रुपैयाँ थपिन्छ । यसैगरी फिंगर चिप्स थप्दा अतिरिक्त दुई सय ५० रुपैयाँ लाग्नेछ ।

हार्ड–रक काठमाडौंले अन्यत्र रेस्टुरेन्टमा भनिने ‘ह्याप्पी आवर’ अफरलाई यहाँ भने ‘क्रेजी आवर’को नाममा सञ्चालनमा ल्याइएको छ । आइतबारदेखि बिहीबारसम्म चारदेखि सात र शुक्रबार तथा शनिबार १० देखि १२ बजेको क्रेजी आवरमा ग्राहकले ‘दुई बियर किन्दा एक सित्तैमा’ लगायतका अफर पाउँछन् ।

‘क्रेजी आवर’मा ‘मिक्स एन्ड म्याच’को अर्को अफर छ । एउटा बियर, टुपेलो चिकन वा साकाहारीलाई स्प्रिङ रोल गरी १२९० रुपैयाँमा उपलब्ध गरइन्छ । यसैगरी सामान्य समयमा एउटैको ९ सयबाट सुरु हुने तीन ककटेल क्रेजी आवरमा एक हजार ७ सय रुपैयाँमा पाइन्छ,’ गुरुङले भनिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो