माघ १५, २०८२ बिहीबार | ११:०५:४४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

हार्ड-रकको 'मेसी बर्गर''

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेसीप्रतिको ‘क्रेज’ नेपालमा पनि अत्यधिक छ । मेसीको नाम र चित्रअंकित लुगा, स्टिकर र पोस्टर छ्याप्–छ्याप्ती देखिन्छन् । विश्व फुटबलका सर्वाधिक सफलमध्ये एक खेलाडी– मेसीका ‘फ्यान’लाई अर्को खुशी थपिएको छ । मेसी अंकित मर्चेन्टाइजमा रमाइरहेका समर्थकले अब ‘मेसी बर्गर’को स्वादमा रमाउने भएका छन् । हार्ड–रक क्याफे काठमाडौंमा ‘मेसी बर्गर’ पाइन थालेको छ ।

अमेरिकी ब्रान्डको विश्व प्रसिद्ध रेस्टुरेन्ट हार्ड–रक क्याफेले विश्वभरका सबै ‘फ्रेन्चाइज क्याफे’मा एकसाथ मार्च १ बाट ‘मेसी बर्गर’ लन्च गरेको छ । यससँगै दरबारमार्गको शेर्पा मलमा चार महिनाअघि खुलेको नेपालकै पहिलो हार्ड–रक क्याफेमा पनि पश्चिमा खानाप्रेमीहरूले मेसी बर्गरको स्वाद पाउने भएका छन् ।

हार्ड–रक काठमाडौंकी अपरेसन म्यानेजर दीपशिखा गुरुङका अनुसार मेसी बर्गरमा सात पटकका बलन डी अर विजेता लियोनेल मेसीलाई मन पर्ने ‘इन्ग्रिडियन्ट्स’ हालेर बनाइएको हुन्छ ।

विदेशमा मेसी बर्गरमा बिफ (गाईको मासु) राखिन्छ । तर, हार्ड–रक काठमाडौंमा भने त्यसको सट्टा बफ (राँगाको मासु) राखिने गुरुङले जानकारी गराइन् । उनका अनुसार मेसीलाई मन पर्ने खानेकुराहरू राखेर बनाइने यो बर्गरलाई अंग्रेजीको मेसी (भद्रगोल) जस्तो देखाइन्छ ।

‘यो अली धेरै खान सक्ने मानिसले मात्र बुत्याउन सक्नुहुन्छ । अली हेभी हुन्छ । यसमा अन्डा थप गर्ने व्यवस्था पनि हुन्छ,’ गुरुङले भनिन्।

१ हजार १ सय ९० रुपैयाँबाट सुरु हुने मेसी बर्गरको मुल्य अन्डा थप गरे सय रुपैयाँ थपिन्छ । यसैगरी फिंगर चिप्स थप्दा अतिरिक्त दुई सय ५० रुपैयाँ लाग्नेछ ।

हार्ड–रक काठमाडौंले अन्यत्र रेस्टुरेन्टमा भनिने ‘ह्याप्पी आवर’ अफरलाई यहाँ भने ‘क्रेजी आवर’को नाममा सञ्चालनमा ल्याइएको छ । आइतबारदेखि बिहीबारसम्म चारदेखि सात र शुक्रबार तथा शनिबार १० देखि १२ बजेको क्रेजी आवरमा ग्राहकले ‘दुई बियर किन्दा एक सित्तैमा’ लगायतका अफर पाउँछन् ।

‘क्रेजी आवर’मा ‘मिक्स एन्ड म्याच’को अर्को अफर छ । एउटा बियर, टुपेलो चिकन वा साकाहारीलाई स्प्रिङ रोल गरी १२९० रुपैयाँमा उपलब्ध गरइन्छ । यसैगरी सामान्य समयमा एउटैको ९ सयबाट सुरु हुने तीन ककटेल क्रेजी आवरमा एक हजार ७ सय रुपैयाँमा पाइन्छ,’ गुरुङले भनिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।