माघ १५, २०८२ बिहीबार | १३:१८:२३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

जित कुन्डो मार्शल आर्ट प्रतियोगिता बिहीबारबाट

काठमाडौं । नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १५ जिल्ला, सशस्त्र प्रहरी बलको एपिएफ र भारतबाट १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा खेल हुने छ ।

प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं मुख्य प्रशिक्षक शिव थापाले जानकारी गराए । स्वर्ण पदक विजेताले २५ हजार, रजत पदक जित्नेले १० हजार र कांस्य पदक विजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगिता सम्पन्न भएपछि आइबारबाट संघकै आयोजनामा छैटौं टेडवाङ जित कुन्डो मार्सल आर्ट सेमिनार हुने छ । सेमिनार सञ्चालन गर्न स्पेनका जित कुन्डो प्रशिक्षक सिफु जोक्युन मार्सिलो र उनका सहायक प्रशिक्षक मिगल नेपाल आइसकेको संघले जनाएको छ ।

सेमिनारमा खेलाडी र प्रशिक्षक गरी करिब ५० जनाको सहभागिता रहने छ । दुई दिने सेमिनार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।