चैत्र १४, २०८२ शनिबार | ०१:१४:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जित कुन्डो मार्शल आर्ट प्रतियोगिता बिहीबारबाट

काठमाडौं । नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १५ जिल्ला, सशस्त्र प्रहरी बलको एपिएफ र भारतबाट १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा खेल हुने छ ।

प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं मुख्य प्रशिक्षक शिव थापाले जानकारी गराए । स्वर्ण पदक विजेताले २५ हजार, रजत पदक जित्नेले १० हजार र कांस्य पदक विजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगिता सम्पन्न भएपछि आइबारबाट संघकै आयोजनामा छैटौं टेडवाङ जित कुन्डो मार्सल आर्ट सेमिनार हुने छ । सेमिनार सञ्चालन गर्न स्पेनका जित कुन्डो प्रशिक्षक सिफु जोक्युन मार्सिलो र उनका सहायक प्रशिक्षक मिगल नेपाल आइसकेको संघले जनाएको छ ।

सेमिनारमा खेलाडी र प्रशिक्षक गरी करिब ५० जनाको सहभागिता रहने छ । दुई दिने सेमिनार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो