चैत्र ९, २०८२ सोमबार | १८:०८:५३
सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न

उसु महासंघको अध्यक्षमा बर्तौला

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार अबेर राति सम्पन्न साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिती समेत निर्वारोध चयन गरेको थियो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उपमहासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्विरोध चुनिए ।

शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरुलाई खादा लगाइ बधाइ दिएका थिए ।

त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइरालाले  साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो