चैत्र ८, २०८२ आइतबार | ०३:१२:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रहरीको वर्चस्व कायमै

पुरुष टिम कातामा पदक विजेता लगायत ।

काठमाडौं । नेपाल प्रहरीले चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पनि आफ्नो वर्चस्वलाई कायम राखेको छ । 

कुमुतेतर्फ शनिबार भएको सात स्पर्धामा प्रहरीले ६ स्वर्ण र एपिएफले एक स्वर्ण पदक जिते ।‌

हालसम्म १२ वटा स्वर्ण पदकको छिनोफानो हुँदा प्रहरीले १० तथा आर्मी र एपिएफले समान एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

ललितपुरस्थित कराते एकेडेमीमा शनिबार भएको ७५ केजी तौल समुहमा १३औं दक्षिण एसियाली खेलकुदका कांस्य पदक विजेता प्रहरीका राजीव पुडासैनीले सुदूरपश्चिमका योगेशसिंह विष्टलाई पराजित गर्दै स्वर्ण पदक जिते । आर्मीका शिवु ओड र रुरेहाङ्ग डुमीराईले कांस्य  पदक हात पारे ।

पुरुष ६७ केजीमुनिमा पाल प्रहरीका सन्तोष श्रेष्ठले एकपक्षीय फाइनलमा गण्डकी प्रदेशका सक्षम लामालाई ९-० को अन्तरमा हराउँदै स्वर्ण पदक जिते । सुदूर पश्चिमका खड्ग थामीमगर र कोशी प्रदेशका मनीष विक तेस्रो भए ।

५० केजीमा प्रहरीका साजन मोक्तान पहिलो भए । उनले फाइनलमा बागमतीका लेख राज घिमिरेलाई प्रतिस्पर्धात्मक फाइनलमा ७-५ ले माथ दिए । यो स्पर्धामा गण्डकी प्रदेशका बोमिन गुरूङ र मधेश प्रदेशका सोहन मगरले तेस्रो स्थान हासिल गरे ।

पुरुष ८४ केजीमा पदक विजेता लगायत । 

पुरुष ८४ केजीतर्फ मोहम्मद शेखु अलामले एपिएफलाई पहिलो स्वर्ण दिलाए । उनले फाइनलमा कोशीका धन राईलाई सहजै ९२ ले हराए । आर्मीका सुरेश जप्रेल र बागमती प्रदेशका सलमान मोहम्मदले कांस्य पदक प्राप्त गरे ।

महिला ५५ केजीमा प्रहरीकी पुष्पका लामाले स्वर्ण जित्ने क्रममा कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ५-० ले पराजित गरिन् । गण्डकीकी प्रभा राई र सुदुरपश्चिमकी गरीमा मल्ल तेस्रो भए ।

४५ केजीमा लुम्बिनी प्रदेशकी पूजा राईलाई ११-३ ले हराउँदै प्रहरीकी वर्षा बुढामगर पहिलो भइन् । गण्डकीकी सबुना राना मगर र आर्मीकी ममता महर्जन तेस्रो स्थानमा रहे ।

६१ केजीमा प्रहरीकी निरूपा दोङ तामाङले सुदुरपश्चिमकी सोनिया तिरूवा लाई ९-१ ले पराजित  गर्दै स्वर्ण पदक चुमिन् । यो स्पर्धामा एपिएफकी रमिता माझी र कोशी प्रदेशकी धन कुमारी मगरले तेस्रो स्थान हात पारे ।

प्रतियोगिताको अन्तिम दिन आइतबार पाँच स्वर्ण पदकको छिनोफानो हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो