चैत्र १६, २०८२ सोमबार | १५:२०:३७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

तोरण शीर्षस्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन  पनि तोरणविक्रम शाहीले आफ्नो अग्रता कायमै रहेका छन्।

बुधबार गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई तीन स्ट्रोकले पछि पारे ।

पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूआतत गरे । यो क्रममा उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । पहिलो होलमा बोगी प्रहार गरे । तर यसपपछि दोस्रो, तेस्रो,सातौं र नवौं होलमा चार वटा बर्डी प्रहार गरे ।

त्यसपछि ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले । १० र १२औं होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३, १७ र १८औं होलमा एक(एक सट बचाए।  

दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले । उनले ५-अन्डर ६७ सहित समग्रमा ८-अन्डर १३६ को स्कोर कार्ड तयार पारे।

उनले फ्रन्ट नाइनमा ४-अन्डर ३२ को प्रभावशाली प्रदर्शन गरे । निरजले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौं देखि सातौं होलमा लगातार तीन बर्डी प्रहार गरे । त्यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

समग्रमा २-अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापती तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाए ।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र साबिक विजेता सद्भाव आचार्य इभन-पार १४४ सहित संयुक्तरूपमा शीर्षस्थानमा छन्। आज राहुलले ३-अन्डर ६९ को स्कोर निकाले । सद्भावले भने इभन-पार ७२ को स्कोर गरे ।

३६ होलको समाप्तिमा १३-ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र चार एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो