इङ्लिस प्रिमियर लिग

हिनक्यापी भित्र्याउने तयारीमा टोटनहम

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले जर्मन क्लब बायर लेभरकुसेनका रक्षक पियरो हिनक्यापीलाई भित्राउने तयारी गरेको छ ।

२१ वर्षे इक्वेडरका हिनक्यापी जर्मन क्लबबाट आनो दोस्रो सिजन खेलिरहेका छन् ।  त्यसअघि  उनी अर्जेन्टिनी क्लब एट्लेटिको टालेरेसबाट व्यबसायिक फुटबल खेल्थे । जारी सिजनमा २१ वर्षिय हिनक्यापीले १५ खेल खेलिसकेका छन् । 

देशका लागि २८ खेल खेलिरहेका हिनक्यापीले कतार विश्वकप २०२२ मा समूह चरणका सबै तीन खेल खेलेका थिए । प्रशिक्षक एन्टोनियो कोन्टे सिजन सकिनु अगाडी नयाँ रक्षक ल्याउने सोचमा छन् ।