म्यानचेस्टर युनाइटेड

भिएआरकै कारण कीर्तिमान बनाउन असफल भएः रासफोर्ड

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस रासफोर्डले भिएआरको निर्णयप्रति आक्रोश पोखेका छन् ।

रासफोर्डले आफ्नो कीर्तिमानी गोललाई मान्यता नदिएको भन्दै असन्तुष्टी जनाएका हुन् ।ओल्ड ट्राफोर्डमा शनिबार राति एफए कप अन्तर्गत चौथो चराणमा खेलाडीमा सिमित रिडिङमाथि युनाइटेडले ३-१ को जित निकालेको थियो ।

घरेलु मैदानमा खेलमा २५ वर्षिय रासफोर्डलाई लगातार गोल गर्दै कीर्तिमान बनाउने अवसर थियो । रासफोर्डले ३७ औं मिनेटमा गोल गरे पनि भिएआरमा अफ साइड देखिएपछि उक्त गोलले मान्यता पाएकाे थिएन ।

भिएआरको उक्त निर्णयलाई रासफोर्डले ट्विटरमार्फत खण्डन गरेका हुन् । उनले भिएआरको कमजोरीका कारण आफु डेनिस भाइलेटको कीर्तिमानसँग बराबरी गर्न चुकेको बताए ।  भिएआरले यस सिजन मात्र तिन पटक यस्तो निर्णय गरिसकेको भन्दै  रासफोर्डले असन्तृष्ट पोखे ।