ए डिभिजन लिग

ए डिभिजन लिगको खेल तालिका माघ २ मा सार्वजनिक हुने

फाइल तस्बिर

काठमाडौं। फागुन १९ बाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने सहमति गरेको हो ।

यसैगरी एन्फाले  माघ १५ गतेसम्म क्लबले क्लब लाइसेन्सको मापदण्ड पूरा गर्नु पर्ने तथा पुस २२ गतेसम्म क्लब दर्ता गर्नुपर्ने बताएको छ ।  

एन्फाले पुस २४ गतेबाट खेलाडी दर्ता खुला हुने जनाएको छ । क्लबले माघ २९ गतेसम्म कम्तिमा २० खेलाडी दर्ता गर्नु पर्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने लिगमा १४ टोलीको सहभागिता रहनेछ ।