माघ १, २०८२ बिहीबार | २२:०७:५३
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

एन्फाले सहमति तोड्यो, निर्धारित मितिमा ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो पुस २६ गतेबाट गर्ने भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने पक्का भएको छ ।

शीर्ष डिभिजनका १४ क्लब र एन्फाबीच गएको कात्तिक २१ गते भएको सहमतिअनुसार बिहीबार एन्फाले क्लबलाई दिनुपर्ने रकम नदिएका कारण निर्धारित मितिमा लिग नहुने पक्का भएको हो ।

क्लब र एन्फाबीच दिनभर चलेको छलफलबाट अघिल्लो वर्षकै दिन बाँकी सबै बक्यौता रकमका साथै यो वर्षको लिगको तयारी खर्चमध्येको १५ लाख रुपैयाँका दरले एन्फाले मंसिर १५ गते (बिहीबार)सम्ममा क्लबलाई उपलब्ध गराउने सहमति भएको थियो ।

त्यसअनुसार क्लबले अघिल्लो वर्षको लिगको दिन बाँकी साढे सात लाख र यो वर्षको पेश्कीस्वरुप १५ लाख गरि २२ लाख ५० हजार रुपैयाँ बिहीबारसम्ममा एन्फाले क्लबलाई दिनुपर्ने थियो ।

दुई पक्षीय छलफलबाट भएको सहमतिअनुसार एन्फाले बिहीबारसम्ममा क्लबलाई २२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, त्यसपछि मंसिर २५ गतेसम्ममा सबै क्लबले १८ खेलाडीसहित एन्फामा टिम दर्ता गराउने र पुस २६ बाट लिग सुरु गर्ने तालिका थियो ।

एन्फा आफैले प्रस्ताब गरेको मितिमा पनि रकम नपाएपछि क्लबहरुले शुक्रबार बैठक बसेर एन्फालाई तत्काल आफूहरुले पाउनुपर्ने रकम उपलब्ध गराउन माग गरेका छन् ।

बैठकमा शीर्ष डिभिजनका १४ मध्ये तीन विभागीय टोली तथा साविक विजेता मछिन्द्र र नवप्रवेशी चर्च ब्वाइज क्लबका प्रतिनिधिको उपस्थिती थिएन । तथापि सबै क्लबले भोली एन्फामा ध्यानाकर्णण पत्र बुझाउनुअघि हस्ताक्षर गर्ने सहमति भएको बताइएको छ ।

क्लबहरुको बैठकले एन्फालाई चाँडोभन्दा चाँडो सहमतिबमोजिमको रकम उपलब्ध गराई त्यसको तीन महिनापछि लिग आयोजना गर्न एन्फाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

‘एन्फाको बारम्बार झुठा आश्वासन दिने, तर सहमतिअनुसारको काम नगर्ने बानीमा सुधार आएको छैन । एन्फामाथि विश्वास गर्न सकिने अवस्था नै छैन,’ एनआरटीमा शुक्रबार बसेको क्लबहरुको बैठकका एक सहभागीले खेलाडी डटकमसँग भने, ‘एन्फाको नियतमाथि नै ठूलो प्रश्न खडा भएको छ । एन्फा क्लबहरुलाई यसैगरि झुलाएर लिग नगर्ने षडयन्त्रमा त छैन भन्ने चिन्ता उत्पन्न भएको छ ।’

एन्फाका वरिष्ठ उपाध्यक्ष क्लबको पैसा दिन ढिलाई भएको स्वीकार्दै उपयुक्त समयमै लिग हुनेमा आश्वस्त हुन आग्रह गरे ।

‘एन्फाका अध्यक्ष र महासचिवलगायतका पदाधिकारी क्लबसँग बसेर मंसिर १५ सम्ममा तयारी खर्च दिने सहमति भएको रहेछ । म व्यक्तिगत रुपमा त्यो बैठकमा उपस्थित थिइन । तर सहमति गरेपछि पालना गर्नैपर्छ । त्यसमा एन्फा चुकेकै हो,’ खड्काले भने, ‘हामीले मंसिर १५ भित्रै क्लबको पैसा दिन धेरै प्रयास गरेका हौं । पैसा नभएर लिग नहुने अवस्था छैन । तर प्राविधिक कारणले मात्र समयमा दिन नसकिएको हो । पुस २६ बाट लिग गर्न अब गाह्रो हुने भयो । क्लबलाई तयारीका लागि पनि पर्याप्त समय दिनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष खड्काले माघको पहिलो साताबाट लिग गर्ने योजनामा रहेर काम गर्ने बताए । उनले त्यसका लागि तत्काल क्लबहरुसँग सम्बाद सुरु गर्ने बताए । 

एन्फा महासचिव किरण राईले क्लबसँग मंसिर १५ गतेभित्रै दिइसक्ने सहमति नभएको बताए । उनले भने, ‘हामीले मंसिर १५ नै भनेको होइन । उहाँहरुले मंसिर १५ भित्र दिनुपर्छ भन्नुभएको थियो । हामीले टिम दर्ता गर्नुअघि नै मिलाएर पैसा दिने भनेको हो ।’

उनले क्लबहरुको बैठकबारे आफूलाई जानकारी आइनसकेको बताउँदै क्लबहरुको पत्र आएपछि त्यसलाई हेरेर मात्र थप प्रतिक्रिया दिन सकिने प्रष्ट पारे ।

‘पहिला हामीले उहाँहरुको पत्र हेर्नुपर्यो । त्यसपछि उहाँहरुसँग बसेर कुरा गर्नुपर्छ । उहाँहरुको कुरा सुनेपछि मात्र थप कुरा गर्न सकिन्छ,’ राईले थपे, ‘क्लब भनेको फुटबलको प्रत्यक्ष सरोकारवाला हो । उहाँहरुले नै खेल्दिन भन्नुभयो भने त खेल हुँदैन । तर अहिले अप्ठेरो समय छ । यस्तो गाह्रो अप्ठेरो परेको बेला सबैले यही कुरा सोचेर मिलेर खेल सफल बनाउनुपर्छ । हामी सहमतिमै लिग गर्नेछौं ।’ 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate