चैत्र ६, २०८२ शुक्रबार | ०५:१७:५०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फाले सहमति तोड्यो, निर्धारित मितिमा ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो पुस २६ गतेबाट गर्ने भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने पक्का भएको छ ।

शीर्ष डिभिजनका १४ क्लब र एन्फाबीच गएको कात्तिक २१ गते भएको सहमतिअनुसार बिहीबार एन्फाले क्लबलाई दिनुपर्ने रकम नदिएका कारण निर्धारित मितिमा लिग नहुने पक्का भएको हो ।

क्लब र एन्फाबीच दिनभर चलेको छलफलबाट अघिल्लो वर्षकै दिन बाँकी सबै बक्यौता रकमका साथै यो वर्षको लिगको तयारी खर्चमध्येको १५ लाख रुपैयाँका दरले एन्फाले मंसिर १५ गते (बिहीबार)सम्ममा क्लबलाई उपलब्ध गराउने सहमति भएको थियो ।

त्यसअनुसार क्लबले अघिल्लो वर्षको लिगको दिन बाँकी साढे सात लाख र यो वर्षको पेश्कीस्वरुप १५ लाख गरि २२ लाख ५० हजार रुपैयाँ बिहीबारसम्ममा एन्फाले क्लबलाई दिनुपर्ने थियो ।

दुई पक्षीय छलफलबाट भएको सहमतिअनुसार एन्फाले बिहीबारसम्ममा क्लबलाई २२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, त्यसपछि मंसिर २५ गतेसम्ममा सबै क्लबले १८ खेलाडीसहित एन्फामा टिम दर्ता गराउने र पुस २६ बाट लिग सुरु गर्ने तालिका थियो ।

एन्फा आफैले प्रस्ताब गरेको मितिमा पनि रकम नपाएपछि क्लबहरुले शुक्रबार बैठक बसेर एन्फालाई तत्काल आफूहरुले पाउनुपर्ने रकम उपलब्ध गराउन माग गरेका छन् ।

बैठकमा शीर्ष डिभिजनका १४ मध्ये तीन विभागीय टोली तथा साविक विजेता मछिन्द्र र नवप्रवेशी चर्च ब्वाइज क्लबका प्रतिनिधिको उपस्थिती थिएन । तथापि सबै क्लबले भोली एन्फामा ध्यानाकर्णण पत्र बुझाउनुअघि हस्ताक्षर गर्ने सहमति भएको बताइएको छ ।

क्लबहरुको बैठकले एन्फालाई चाँडोभन्दा चाँडो सहमतिबमोजिमको रकम उपलब्ध गराई त्यसको तीन महिनापछि लिग आयोजना गर्न एन्फाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

‘एन्फाको बारम्बार झुठा आश्वासन दिने, तर सहमतिअनुसारको काम नगर्ने बानीमा सुधार आएको छैन । एन्फामाथि विश्वास गर्न सकिने अवस्था नै छैन,’ एनआरटीमा शुक्रबार बसेको क्लबहरुको बैठकका एक सहभागीले खेलाडी डटकमसँग भने, ‘एन्फाको नियतमाथि नै ठूलो प्रश्न खडा भएको छ । एन्फा क्लबहरुलाई यसैगरि झुलाएर लिग नगर्ने षडयन्त्रमा त छैन भन्ने चिन्ता उत्पन्न भएको छ ।’

एन्फाका वरिष्ठ उपाध्यक्ष क्लबको पैसा दिन ढिलाई भएको स्वीकार्दै उपयुक्त समयमै लिग हुनेमा आश्वस्त हुन आग्रह गरे ।

‘एन्फाका अध्यक्ष र महासचिवलगायतका पदाधिकारी क्लबसँग बसेर मंसिर १५ सम्ममा तयारी खर्च दिने सहमति भएको रहेछ । म व्यक्तिगत रुपमा त्यो बैठकमा उपस्थित थिइन । तर सहमति गरेपछि पालना गर्नैपर्छ । त्यसमा एन्फा चुकेकै हो,’ खड्काले भने, ‘हामीले मंसिर १५ भित्रै क्लबको पैसा दिन धेरै प्रयास गरेका हौं । पैसा नभएर लिग नहुने अवस्था छैन । तर प्राविधिक कारणले मात्र समयमा दिन नसकिएको हो । पुस २६ बाट लिग गर्न अब गाह्रो हुने भयो । क्लबलाई तयारीका लागि पनि पर्याप्त समय दिनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष खड्काले माघको पहिलो साताबाट लिग गर्ने योजनामा रहेर काम गर्ने बताए । उनले त्यसका लागि तत्काल क्लबहरुसँग सम्बाद सुरु गर्ने बताए । 

एन्फा महासचिव किरण राईले क्लबसँग मंसिर १५ गतेभित्रै दिइसक्ने सहमति नभएको बताए । उनले भने, ‘हामीले मंसिर १५ नै भनेको होइन । उहाँहरुले मंसिर १५ भित्र दिनुपर्छ भन्नुभएको थियो । हामीले टिम दर्ता गर्नुअघि नै मिलाएर पैसा दिने भनेको हो ।’

उनले क्लबहरुको बैठकबारे आफूलाई जानकारी आइनसकेको बताउँदै क्लबहरुको पत्र आएपछि त्यसलाई हेरेर मात्र थप प्रतिक्रिया दिन सकिने प्रष्ट पारे ।

‘पहिला हामीले उहाँहरुको पत्र हेर्नुपर्यो । त्यसपछि उहाँहरुसँग बसेर कुरा गर्नुपर्छ । उहाँहरुको कुरा सुनेपछि मात्र थप कुरा गर्न सकिन्छ,’ राईले थपे, ‘क्लब भनेको फुटबलको प्रत्यक्ष सरोकारवाला हो । उहाँहरुले नै खेल्दिन भन्नुभयो भने त खेल हुँदैन । तर अहिले अप्ठेरो समय छ । यस्तो गाह्रो अप्ठेरो परेको बेला सबैले यही कुरा सोचेर मिलेर खेल सफल बनाउनुपर्छ । हामी सहमतिमै लिग गर्नेछौं ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो