चैत्र १०, २०८२ मंगलबार | १८:५५:५०
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अध्यक्षसहित युभेन्टसका बोर्ड सदस्यहरुको सामुहिक राजिनामा

मिलान । इटालियन सिरी ए को  क्लब युभेन्ट्सका  अध्यक्षआन्द्रे एग्नेलीसहित सम्पूर्ण बोर्ड सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

गत सिजन चौथो स्थानमा बस्दै सिजनको अन्त्य गरेको युभेन्टसले सो सिजन क्लब इतिहासकै सबैभन्दा धेरै दुई सय २० मिलियन पाउन्ड घाटा ब्यहोरेको थियो ।

युभेन्टसमाथि खेलाडी अनुबन्धन तथा बिक्रीमा आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । प्रहरीले अनुसन्धान सुरु गरेसँगै त्यसमा सहज होस् भनेर आफुसहित सम्पूर्ण बोर्ड सदस्यले  राजिनामा दिएको एग्नेलीले बताए ।

प्रहरीले प्रमुख वित्तिय अधिकारी स्टेफानो सेराटोवसहित अध्यक्ष एलेग्नी र उपाध्यक्ष पाभेलविरुद्ध अनुसन्धान गरिरहेका छ ।

युभेन्टसमाथि सन् २०१९ देखि २०२१ सम्म ‘खेलाडीे दर्ताको राजस्व’ विषयमा प्रहरीले अनुसन्धान सुर गरेको हो । 

यससँगै प्रवन्ध निर्देशक मौरिसियो अरिभावेनले अन्तरिम कार्यकाल सम्हाल्नेछन् । 

यस अघि एग्नेलीले सन् २०२१ मा युरोपिन सुपर लिग आयोजनाको लागि अग्रपंक्तिमा रहेर आवाज उठाएका थिए । तर, त्यसले सार्थकता पाएन । उनैलाई अहिले लेनदेन र लेखाको जानकारी लुकाएको आरोप लागेको छ ।  उनले यो आरोपको खण्डन गरेका छन् ।

यसैबीच युभेन्ट्स लगानीकर्ताले जनवरी १८ मा नयाँ बोर्ड गठन गर्ने तयारी गरेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो