चैत्र २, २०८२ सोमबार | २१:५५:१२
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

नेपाली राष्ट्रिय टिम र स्पेनिस क्लबबीच मैत्रीपूर्ण खेलः विश्वकप विजेता स्पेनिस स्टारहरु कासियास र भिया आउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मध्य पुसमा घरेलु मैदानमा स्पेनको एउटा व्यावसायिक टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा नेपाल भ्रमणमा आउने स्पेनिस टिम क्लब पोलिडेपोर्टिभो कासेरेनो (सिपी कासेरेनो)ले काठमाडौं र पोखरामा एक/एक खेल खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काका अनुसार स्पेनिस टिमबाट स्पेनका विश्वकप विजेता स्टारहरु इकर कासियास र डेविड भियाका साथै मिगुअल कारेइरो पनि सिपी कासेरेनोको टोलीबाट मैदान उत्रिने छन् ।

विश्व शान्ति प्रवर्धनमा  काम गर्दै आएको लुम्बिनी गार्डेन फाउन्डेसनले ‘फुटबल फर पिस’ अभियानअन्तर्गत स्पेनिस टिम सिपी कासेरेनोलाई डिसेम्बरको अन्त्यमा नेपाल भ्रमण गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहयोग माग्दै कात्तिक चार गते पत्राचार गरेको थियो ।

फाउन्डेसनको प्रस्ताबअनुसार एन्फाले मंगलबार दुई खेलका लागि अनुमति दिनाका साथै सहयोगको प्रतिबद्धता जनाएको खड्काले खेलाडी डटकमलाई जानकारी गराए । एन्फाले सहमति दिएपछि अब फाउन्डेसनले प्रस्ताब गरेअनुसार पुस ११ र १५ गते विश्वकप विजेता स्टारहरुको टोली र नेपाली राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

‘फुटबल फर पिस’ अभियानको आयोजक फाउन्डेसनका महासचिव एकराज गिरीले सिपी कासेरेनो स्पेनिस लिग संरचनाअन्तर्गत दोस्रो डिभिजनको बी समूहको टिम भएको बताउँदै कासियास, भिया र कारेइरोका साथै मोन्टेरो पनि नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताए ।

‘मिगुअल कारेइरोको भ्रमण पक्का भइसकेको छ । डेविड भिया र मोन्टेरोले आउँछु भन्नुभएको छ । कासियासले पनि सकारात्मक कुरा गर्नुभएको छ । उहाँहरु फुटबल फर पिसको सहयोगका लागि आउन लाग्नुभएको हो,’ गिरीले स्पेनबाट भने, ‘हामी फुटबल फर पिसको माध्यमबाट विश्व शान्तिसँगै नेपाली फुटबल पनि प्रवर्धन गर्न चाहन्छौं ।’

सिपी कासेरेनोको भ्रमणले नेपाली टिमलाई विश्वस्तरीय खेलाडीसँग खेल्ने मौकाका साथै नेपाली दर्शकलाई पनि विश्वका ठूला स्टारको खेल प्रत्यक्ष रुपमा हेर्ने अवसर दिने उनले विश्वास व्यक्त गरे ।

अशान्ति र द्धन्द्धले आक्रान्त भएको यो शंसारमा खेलकुदको माध्यमबाट बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘फुटबल फर पिस’ आयोजना गरिएको गिरीले जानकारी गराए । उनका अनुसार अभियानअन्तर्गत पहिलो पटक नेपालमा खेल गराइन लागेको हो । आगामी दिनमा थाइल्यान्ड, चीन, हङकङ र म्यानमार लगायतका देशमा पनि ‘फुटबल फर पिस’ कार्यक्रम सञ्चालन गर्ने फाउन्डेसनको योजना रहेको उनले सुनाए ।

‘एन्फासँग मिलेर उपयुक्त समयमा नेपाली टिमलाई स्पेनमा लगेर खेलाउने, नेपाली खेलाडीलाई युरोपमा केही समयको अभ्यासको व्यवस्था मिलाउने, स्पेनिस प्रशिक्षक नेपाल लगेर साना उमेरका वालवालिकालाई फुटबल सिकाउने पनि फाउन्डेसनको योजना छ,’ उनले थपे ।

सिपी कासेरेनो स्पेनिस लिग फुटबल संरचनाअन्तर्गत चौथो श्रेणीको लिग सेगुन्डा फेडेरेसनको टोली हो । सेगुन्डा फेडेरेसनमा कुल ९० टोलीले पाँच फरक समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्छन । जसमध्ये सिपी कासेरेनो समूह पाँचको चौथो स्थानमा छ ।

स्पेनिस लिग संरचनामा ला लिगा सबभन्दा माथिल्लो डिभिजन हो । त्यसपछि दोस्रो श्रेणीको सेगुन्डा डिभिजनमा २२ टिमले प्रतिस्पर्धा गर्छन । तेस्रो डिभिजन प्रिमियरा फेडेरेसनमा ४० टोलीले दुई समूहमा विभाजित भएर खेल्छन् ।  


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने