पुस २०, २०८२ सोमबार | ०७:२७:०४
फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका

नेपाली राष्ट्रिय टिम र स्पेनिस क्लबबीच मैत्रीपूर्ण खेलः विश्वकप विजेता स्पेनिस स्टारहरु कासियास र भिया आउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मध्य पुसमा घरेलु मैदानमा स्पेनको एउटा व्यावसायिक टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा नेपाल भ्रमणमा आउने स्पेनिस टिम क्लब पोलिडेपोर्टिभो कासेरेनो (सिपी कासेरेनो)ले काठमाडौं र पोखरामा एक/एक खेल खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काका अनुसार स्पेनिस टिमबाट स्पेनका विश्वकप विजेता स्टारहरु इकर कासियास र डेविड भियाका साथै मिगुअल कारेइरो पनि सिपी कासेरेनोको टोलीबाट मैदान उत्रिने छन् ।

विश्व शान्ति प्रवर्धनमा  काम गर्दै आएको लुम्बिनी गार्डेन फाउन्डेसनले ‘फुटबल फर पिस’ अभियानअन्तर्गत स्पेनिस टिम सिपी कासेरेनोलाई डिसेम्बरको अन्त्यमा नेपाल भ्रमण गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहयोग माग्दै कात्तिक चार गते पत्राचार गरेको थियो ।

फाउन्डेसनको प्रस्ताबअनुसार एन्फाले मंगलबार दुई खेलका लागि अनुमति दिनाका साथै सहयोगको प्रतिबद्धता जनाएको खड्काले खेलाडी डटकमलाई जानकारी गराए । एन्फाले सहमति दिएपछि अब फाउन्डेसनले प्रस्ताब गरेअनुसार पुस ११ र १५ गते विश्वकप विजेता स्टारहरुको टोली र नेपाली राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

‘फुटबल फर पिस’ अभियानको आयोजक फाउन्डेसनका महासचिव एकराज गिरीले सिपी कासेरेनो स्पेनिस लिग संरचनाअन्तर्गत दोस्रो डिभिजनको बी समूहको टिम भएको बताउँदै कासियास, भिया र कारेइरोका साथै मोन्टेरो पनि नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताए ।

‘मिगुअल कारेइरोको भ्रमण पक्का भइसकेको छ । डेविड भिया र मोन्टेरोले आउँछु भन्नुभएको छ । कासियासले पनि सकारात्मक कुरा गर्नुभएको छ । उहाँहरु फुटबल फर पिसको सहयोगका लागि आउन लाग्नुभएको हो,’ गिरीले स्पेनबाट भने, ‘हामी फुटबल फर पिसको माध्यमबाट विश्व शान्तिसँगै नेपाली फुटबल पनि प्रवर्धन गर्न चाहन्छौं ।’

सिपी कासेरेनोको भ्रमणले नेपाली टिमलाई विश्वस्तरीय खेलाडीसँग खेल्ने मौकाका साथै नेपाली दर्शकलाई पनि विश्वका ठूला स्टारको खेल प्रत्यक्ष रुपमा हेर्ने अवसर दिने उनले विश्वास व्यक्त गरे ।

अशान्ति र द्धन्द्धले आक्रान्त भएको यो शंसारमा खेलकुदको माध्यमबाट बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘फुटबल फर पिस’ आयोजना गरिएको गिरीले जानकारी गराए । उनका अनुसार अभियानअन्तर्गत पहिलो पटक नेपालमा खेल गराइन लागेको हो । आगामी दिनमा थाइल्यान्ड, चीन, हङकङ र म्यानमार लगायतका देशमा पनि ‘फुटबल फर पिस’ कार्यक्रम सञ्चालन गर्ने फाउन्डेसनको योजना रहेको उनले सुनाए ।

‘एन्फासँग मिलेर उपयुक्त समयमा नेपाली टिमलाई स्पेनमा लगेर खेलाउने, नेपाली खेलाडीलाई युरोपमा केही समयको अभ्यासको व्यवस्था मिलाउने, स्पेनिस प्रशिक्षक नेपाल लगेर साना उमेरका वालवालिकालाई फुटबल सिकाउने पनि फाउन्डेसनको योजना छ,’ उनले थपे ।

सिपी कासेरेनो स्पेनिस लिग फुटबल संरचनाअन्तर्गत चौथो श्रेणीको लिग सेगुन्डा फेडेरेसनको टोली हो । सेगुन्डा फेडेरेसनमा कुल ९० टोलीले पाँच फरक समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्छन । जसमध्ये सिपी कासेरेनो समूह पाँचको चौथो स्थानमा छ ।

स्पेनिस लिग संरचनामा ला लिगा सबभन्दा माथिल्लो डिभिजन हो । त्यसपछि दोस्रो श्रेणीको सेगुन्डा डिभिजनमा २२ टिमले प्रतिस्पर्धा गर्छन । तेस्रो डिभिजन प्रिमियरा फेडेरेसनमा ४० टोलीले दुई समूहमा विभाजित भएर खेल्छन् ।  


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA