चैत्र १४, २०८२ शनिबार | ०७:५४:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेडको अन्तिम १६ प्रवेशको सम्भावना जीवितै

लन्डन । क्रिस्टियानो रोनाल्डो गोलको लयमा फर्किएको दिन म्यानचेस्टर युनाइटेडले बिहीबार सेरिफ टिरास्पोलमाथि ३-० को जितसहित युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

समूह इ अन्तर्गतको खेलमा युनाइटेडको सहज जितमा रोनाल्डो, डिएगो डालोट र मार्कुस रासफोर्डले समान एक गोल गरे । समूह इ मा युनाइटेडले पाँच खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियाल सोसिडाडको समान खेलमा १५ अंक छ । तेस्रो स्थानको सेरिफ र ओमनियो निकोसियाको समान तीन अंक रहेको छ ।

समूहको शीर्ष स्थान पक्का गर्न युनाइटेडले आगामी साता रियाल सोसिडाडलाई दुई गोलअन्तरले हराउनु पर्ने हुन्छ । 

४४औं मिनेटमा डालोटले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ६५औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा रोनाल्डोले युनाइटेडका लागि तेस्रो गोल गरेका थिए । 

समूह इ को शीर्ष दुईमा स्थान पक्का गरिसकेको युनाइटेडको अबको लक्ष्य युरोपा लिगको प्लेअफ राउन्ड टार्नु रहेको छ । शीर्ष स्थानको टोलीले मात्र अन्तिम १६ मा स्थान बनाउने छ भने दोस्रो स्थानको टोलीले नकआउट चरण प्रवेशका लागि प्लेअफको साहारा लिनुपर्नेछ । तेस्रो स्थानको टोली भने युरोपा कन्फरेन्स लिगमा घटुजा हुनेछ ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेका युभेन्टस र बार्सिलोनाले युरोपा लिगको नकआउट चरण प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।युभेन्टस र बार्सिलोना समूहको तेस्रो स्थानमा रहेसँगै युरोपा लिगमा घटुवा भएका थिए ।

त्यस्तै रियाल सोसिडाडले शीर्ष स्थान कायम राख्ने क्रममा निकोसियालाई २-० ले हरायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो