माघ १७, २०८२ शनिबार | १७:१३:४३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

युनाइटेडको अन्तिम १६ प्रवेशको सम्भावना जीवितै

लन्डन । क्रिस्टियानो रोनाल्डो गोलको लयमा फर्किएको दिन म्यानचेस्टर युनाइटेडले बिहीबार सेरिफ टिरास्पोलमाथि ३-० को जितसहित युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

समूह इ अन्तर्गतको खेलमा युनाइटेडको सहज जितमा रोनाल्डो, डिएगो डालोट र मार्कुस रासफोर्डले समान एक गोल गरे । समूह इ मा युनाइटेडले पाँच खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियाल सोसिडाडको समान खेलमा १५ अंक छ । तेस्रो स्थानको सेरिफ र ओमनियो निकोसियाको समान तीन अंक रहेको छ ।

समूहको शीर्ष स्थान पक्का गर्न युनाइटेडले आगामी साता रियाल सोसिडाडलाई दुई गोलअन्तरले हराउनु पर्ने हुन्छ । 

४४औं मिनेटमा डालोटले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ६५औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा रोनाल्डोले युनाइटेडका लागि तेस्रो गोल गरेका थिए । 

समूह इ को शीर्ष दुईमा स्थान पक्का गरिसकेको युनाइटेडको अबको लक्ष्य युरोपा लिगको प्लेअफ राउन्ड टार्नु रहेको छ । शीर्ष स्थानको टोलीले मात्र अन्तिम १६ मा स्थान बनाउने छ भने दोस्रो स्थानको टोलीले नकआउट चरण प्रवेशका लागि प्लेअफको साहारा लिनुपर्नेछ । तेस्रो स्थानको टोली भने युरोपा कन्फरेन्स लिगमा घटुजा हुनेछ ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेका युभेन्टस र बार्सिलोनाले युरोपा लिगको नकआउट चरण प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।युभेन्टस र बार्सिलोना समूहको तेस्रो स्थानमा रहेसँगै युरोपा लिगमा घटुवा भएका थिए ।

त्यस्तै रियाल सोसिडाडले शीर्ष स्थान कायम राख्ने क्रममा निकोसियालाई २-० ले हरायो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।