चैत्र १८, २०८२ बुधबार | १२:३४:४९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बार्सिलोना यात्रा समूह चरणमा सीमित, इन्टर अन्तिम १६ मा

मड्रिड । बायर्न म्युनिखसँग ३-० ले पराजित भएसँगै स्पेनिस ला लिगाको क्लब बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

१०औं मिनेटमा साडियो मानेले गरेको गोलमा बायर्नले अग्रता लिएको छ । ३१औं मिनेटमा इरिक म्याक्सिम चौपा मोटिङले बायर्नको अग्रता दोब्बर पारेका थिए । 

इन्जुरी समयको पाँचौ मिनेटमा बेन्जामिन पभार्डले बार्यनको लागि तेस्रो गोल गरेका थिए । 

समूह सी मा बायर्न म्युनिख पाँच खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ । इन्टर पाँच खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको बार्सिलोनाको समान खेलमा चार अंक छ भने चौथो स्थानको भिक्टोरिया प्लिजेनले अंक खाता खोल्न सकेको छैन ।

समूह सी बाट बायर्न यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । बुधबार भिक्टोरिया प्लिजेनमाथि ४-० का जितसहित इन्टरले पनि उपविजेताको रुपमा अन्तिम १६ को टिकट काट्यो ।

यता स्पोर्टिङ सिपीसँग १-१ को बराबरीमा रोकिएसँगै टोटनहमले अन्तिम १६ मा प्रवेश गर्नका लागि अन्तिम खेलसम्म पर्खनु पर्ने भएको छ ।

टोटनहम पाँच खेलमा आठ अंकसहित समूह डी को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्पोर्टिङ सिपीको सात अंक रहेको छ । तेस्रो स्थानको इन्ट्राक्ट फ्रयांकफर्टको सात अंक छ । चौथो स्थानको मार्सेलीको ६ अंक रहेको छ ।
 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो