माघ १७, २०८२ शनिबार | १२:४१:४१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

युनाइटेड पुनरागमनमा रोनाल्डोको दुई गोल

म्यानचेस्टर, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोले १२ वर्षपछि युनाइटेडको टोलीमा पुनरागमन जनाउँदा दुई गोल गरेपछि ओल्ड ट्राफोर्डमा उनको टोलीले न्युक्यासल युनाइटेडमाथि ४-१ को जित हासिल गरेको छ । 

युनाइटेडबाट दोस्रो कार्यकालको पहिलो खेल खेल्ने क्रममा रोनाल्डोले घरेलु ओल्ड ट्राफोर्ड रंगशालामा दुई गोल गरेका थिए । आफ्नै प्रिय सात नम्बरको जर्सीमा मैदान उत्रिएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । मासन ग्रिनउडको प्रहार विपक्षी गोलकिपर पेडी उडम्यानले फर्काउँदा रिबाउन्डमा प्राप्त बललाई खाली पोस्टमा छिराउँदै रोनाल्डोले टोलीको खाता खोलेका थिए । 

भ्रमणकारी न्युक्यासलका लागि एलान सेन्ट म्याक्सिमिनाके पासलाई जाभियर म्यानक्विलोले गोलमा परिणत गर्दै ५६औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । 

तर रोनाल्डोले दोस्रो गोल ल्युक शाँको थ्रू पासलाई गोलमा परिणत गर्दै रोनाल्डोले ६२औं मिनेटमा युनाइटेडलाई दोस्रो पटक अग्रता दिलाए । 

पहिलो पटक २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्ने क्रममा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । शनिबारको खेलपछि युनाइटेडबाट पाँच पटकका बालन डी अर विजेताको खेलसंख्या एक थपिँदा कुल गोल संख्या १ सय २० पुगेको छ ।

युनाइटेडले घरेलु मैदानमा दमदार प्रदर्शन गरेको खेलमा पाउल पोग्बाको पासमा पेनाल्टी बक्स बाहिरबाट कडा प्रहारमा गोल गर्दै ब्रुनो फर्नान्डेजले अग्रता फराकिलो पारे । पोग्बाको पासमा जेसी लिंगार्डले इन्जुरी समयमा गोल गर्दै युनाइटेडको फराकिलो जित पक्का गरे ।  

शीर्ष टोली टोटनहम क्रिस्टल प्यालेससँग ३-० को नतिजामा पराजित भइसकेको अवस्थामा शनिबार पाएको जितपछि युनाइटेड चार खेलमा १० अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौं अंकमा खुम्चिएको टोटनहम भने तेस्रो स्थानमा झरेको छ ।

साउथह्याम्पटनसँग गोलरहित बराबरी नतिजामा चित्त बुझाएको वेस्ट ह्याम आठ अंकका साथ चौथो स्थानमा झर्दा लेस्टर सिटीमाथि १-० को जित हासिल गरेको साविक विजेता म्यानचेस्टर सिटी ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । 

साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनमा लय समाउने क्रमलाई निरन्तरता दिँदा शनिबार लेस्टर भ्रमणमा प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । टोलीको जितमा बर्नार्डो सिल्भाले ६२औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो । 

प्रिमियर लिगमा आर्सनलले सिजनको पहिलो जित हासिल गर्ने क्रममा घरेलु मैदानमा नर्विच सिटीमाथि १-० को विजयी नतिजा निकाल्यो । 

मिकेल आर्टेटाको टोलीका लागि सिजनमा पहिलो जित दिलाउन पिरे इमेरिक औबामेयाङले ६६औं मिनेटमा गरेको गोल पर्याप्त भयो । यो आर्सनलले जारी सिजनका चार खेलमा गरेको पहिलो गोल हो । 

इङ्लिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा उल्भसले वाट्फोर्डमाथि २-० को जित निकाल्दा ब्राइटन एन्ड होभले ब्रेन्टफोर्डलाई १-० ले हरायो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।