चैत्र ५, २०८२ बिहीबार | १६:२५:००
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

युनाइटेड पुनरागमनमा रोनाल्डोको दुई गोल

म्यानचेस्टर, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोले १२ वर्षपछि युनाइटेडको टोलीमा पुनरागमन जनाउँदा दुई गोल गरेपछि ओल्ड ट्राफोर्डमा उनको टोलीले न्युक्यासल युनाइटेडमाथि ४-१ को जित हासिल गरेको छ । 

युनाइटेडबाट दोस्रो कार्यकालको पहिलो खेल खेल्ने क्रममा रोनाल्डोले घरेलु ओल्ड ट्राफोर्ड रंगशालामा दुई गोल गरेका थिए । आफ्नै प्रिय सात नम्बरको जर्सीमा मैदान उत्रिएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । मासन ग्रिनउडको प्रहार विपक्षी गोलकिपर पेडी उडम्यानले फर्काउँदा रिबाउन्डमा प्राप्त बललाई खाली पोस्टमा छिराउँदै रोनाल्डोले टोलीको खाता खोलेका थिए । 

भ्रमणकारी न्युक्यासलका लागि एलान सेन्ट म्याक्सिमिनाके पासलाई जाभियर म्यानक्विलोले गोलमा परिणत गर्दै ५६औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । 

तर रोनाल्डोले दोस्रो गोल ल्युक शाँको थ्रू पासलाई गोलमा परिणत गर्दै रोनाल्डोले ६२औं मिनेटमा युनाइटेडलाई दोस्रो पटक अग्रता दिलाए । 

पहिलो पटक २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्ने क्रममा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । शनिबारको खेलपछि युनाइटेडबाट पाँच पटकका बालन डी अर विजेताको खेलसंख्या एक थपिँदा कुल गोल संख्या १ सय २० पुगेको छ ।

युनाइटेडले घरेलु मैदानमा दमदार प्रदर्शन गरेको खेलमा पाउल पोग्बाको पासमा पेनाल्टी बक्स बाहिरबाट कडा प्रहारमा गोल गर्दै ब्रुनो फर्नान्डेजले अग्रता फराकिलो पारे । पोग्बाको पासमा जेसी लिंगार्डले इन्जुरी समयमा गोल गर्दै युनाइटेडको फराकिलो जित पक्का गरे ।  

शीर्ष टोली टोटनहम क्रिस्टल प्यालेससँग ३-० को नतिजामा पराजित भइसकेको अवस्थामा शनिबार पाएको जितपछि युनाइटेड चार खेलमा १० अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौं अंकमा खुम्चिएको टोटनहम भने तेस्रो स्थानमा झरेको छ ।

साउथह्याम्पटनसँग गोलरहित बराबरी नतिजामा चित्त बुझाएको वेस्ट ह्याम आठ अंकका साथ चौथो स्थानमा झर्दा लेस्टर सिटीमाथि १-० को जित हासिल गरेको साविक विजेता म्यानचेस्टर सिटी ९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । 

साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनमा लय समाउने क्रमलाई निरन्तरता दिँदा शनिबार लेस्टर भ्रमणमा प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । टोलीको जितमा बर्नार्डो सिल्भाले ६२औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो । 

प्रिमियर लिगमा आर्सनलले सिजनको पहिलो जित हासिल गर्ने क्रममा घरेलु मैदानमा नर्विच सिटीमाथि १-० को विजयी नतिजा निकाल्यो । 

मिकेल आर्टेटाको टोलीका लागि सिजनमा पहिलो जित दिलाउन पिरे इमेरिक औबामेयाङले ६६औं मिनेटमा गरेको गोल पर्याप्त भयो । यो आर्सनलले जारी सिजनका चार खेलमा गरेको पहिलो गोल हो । 

इङ्लिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा उल्भसले वाट्फोर्डमाथि २-० को जित निकाल्दा ब्राइटन एन्ड होभले ब्रेन्टफोर्डलाई १-० ले हरायो । 


भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।