पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेको छ ।
स्याङ्जाको वालिङ मैदानमा भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० को अन्तरले पराजित गर्दै एपिएफले कम्तिमा रजत पदक पक्का गरेको हो ।
साविक विजेता एपिएफको जितमा सावित्रा भण्डारीले ५६औं मिनेटमा निर्णायक गोल गरिन् । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो । गोलका लागि एपिएफले दोस्रो हाफसम्म कुर्नपरेको थियो । पराजित आर्मीले प्रदेश एकसँग कांस्य पदकका लागि खेलनेछ ।
अब, उपाधिका लागि एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश एकलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
