चैत्र ७, २०८२ शनिबार | २१:०७:५३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

भियतनाविरुद्ध काउन्टर अट्याकमा जोड दिन्छौः मुख्य प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एएफसी यु १७ एसियन कप छनोटको दोस्रो खेलको भियतनामको सामना गर्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन्।

 ‘भियतनाम बलियो टिम छ। तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन। जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो। त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ। अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ,’ श्रेष्ठले भने।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताए ।

 ‘हामी डिफेन्ड गर्दा समूहमा, अट्याक गर्दा पनि समूहमै छौँ। व्यक्तिगत कौशल भन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो। पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो। आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले भने ।

नेपाली टिमका कप्तान प्रशान्त लक्षमले पनि अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताए । लक्षमले पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम भन्दा । भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ। हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ । प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ लक्षमले भने।
समूह एफमा रहेको नेपाल पहिलो खेलमा बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो