माघ १७, २०८२ शनिबार | ०६:२६:४४
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

भियतनाविरुद्ध काउन्टर अट्याकमा जोड दिन्छौः मुख्य प्रशिक्षक श्रेष्ठ

काठमाडौं । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एएफसी यु १७ एसियन कप छनोटको दोस्रो खेलको भियतनामको सामना गर्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन्।

 ‘भियतनाम बलियो टिम छ। तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन। जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो। त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ। अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ,’ श्रेष्ठले भने।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताए ।

 ‘हामी डिफेन्ड गर्दा समूहमा, अट्याक गर्दा पनि समूहमै छौँ। व्यक्तिगत कौशल भन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो। पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो। आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले भने ।

नेपाली टिमका कप्तान प्रशान्त लक्षमले पनि अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताए । लक्षमले पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम भन्दा । भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ। हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ । प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ लक्षमले भने।
समूह एफमा रहेको नेपाल पहिलो खेलमा बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।