चैत्र १२, २०८२ बिहीबार | १४:१६:१७
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

लिभरपुलको दोस्रो जित, नेपोलीको अपराजित यात्रा कायमै

लन्डन । लिभरपुलले च्याम्पियन्स लिगमा लागातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ । 

योर्गान क्लोपको टोलीले जारी सिजन इङलिस प्रिमियर लिगमा स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकिरहेको छ । तर घरेलु मैदान एन्फिल्डमा रेन्जर्समाथि भने लिभरपुलले सहज जित निकाल्यो । लिभरपुल शनिबार मात्र प्रिमियर लिगमा एन्फिल्डमै ब्राइटोनसँग ३-३ को बराबरीमा रोकिएको थियो ।

समूह ए अन्तर्गतको खेलमा लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र मोहम्मह सलाहले समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा एलेक्जेन्डर अर्नोल्डको फ्रिकिक गोलमा लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

समूह ‘ए’ मा लिभरपुल तीन खेलमा दुई जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । लिभरपुल समूहको पहिलो खेलमा नेपोलीसँग ४-१ ले पराजित भएको थियो । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन । 
लिभरपुलले आइतबार प्रिमियर लिगमा आर्सनलको सामना गर्नेछ ।

यता नेपोलीले अपराजित यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिने क्रममा आयाक्समाथि ६-१ को फराकिलो जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो