माघ ११, २०८२ आइतबार | ०३:३३:१७
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

सुदूरपश्चिम राजधानी कप २०७९ को सम्पूर्ण तयारी पूरा

धनगढी । कैलालीको धनगढीमा भोलि (शनिबार) देखि हुने सुदूरपश्चिम राजधानी कप २०७९ को सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक पिएफए स्पोर्टस क्लब अत्तरियाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

भोलिदेखि दिउँसो २ बजे धनगढीस्थित दशरथ रंगशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक तथा सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनले प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ६ वटा प्रदेशका आमन्त्रीत टोली तथा सुदूरपश्चिमबाट रातो र निलो दुई ओटा गरी जम्मा ८ वटा टोली रहने बताए ।

बिहीबार आयोजकले ट्रफी र खेल तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार भोलिको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेश भिड्ने छन् । सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ‘ए’ मा रहेका छन् भने समुह ‘बी’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम निलो छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै, सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेका छन । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate