चैत्र १४, २०८२ शनिबार | ०९:५९:३२
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सुदूरपश्चिम राजधानी कप २०७९ को सम्पूर्ण तयारी पूरा

धनगढी । कैलालीको धनगढीमा भोलि (शनिबार) देखि हुने सुदूरपश्चिम राजधानी कप २०७९ को सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक पिएफए स्पोर्टस क्लब अत्तरियाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

भोलिदेखि दिउँसो २ बजे धनगढीस्थित दशरथ रंगशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक तथा सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनले प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ६ वटा प्रदेशका आमन्त्रीत टोली तथा सुदूरपश्चिमबाट रातो र निलो दुई ओटा गरी जम्मा ८ वटा टोली रहने बताए ।

बिहीबार आयोजकले ट्रफी र खेल तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार भोलिको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेश भिड्ने छन् । सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ‘ए’ मा रहेका छन् भने समुह ‘बी’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम निलो छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै, सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेका छन । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो