चैत्र ७, २०८२ शनिबार | ०४:११:१५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

फेक ए लाइसेन्स कोर्स, अबुझ एन्फा, अयोग्य इन्स्ट्रक्टर, प्रशिक्षकलाई मर्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो पटक एएफसी  ए’ कोचिङ कोर्स पास गरेका चार प्रशिक्षकले प्रमाणपत्र नपाउने भएका छन् ।

एन्फाले एसियाली फुटबल महासंघ (एएफसी)को प्रावधानविपरित अयोग्य प्रशिक्षकबाट कोर्स गराइएको कारण कोर्स पास गरेको भनिएका राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठसहित चार प्रशिक्षकको प्रमाणपत्र नआउने भएको छ । 

एएफसीको कोच कन्भेन्सनमा हामीले हस्ताक्षर त गरेका छौं । तर हाम्रो पाठयक्रमअनुसार एएफसीले हामीलाई बी’ लाइसेन्ससम्म गराउने मान्यता दिएको छ । ए’ कन्भेन्सन नपाएसम्म उहाँहरुको लाइसेन्स आउँदैन, एन्फाका कोच एजुकेसन प्रमूख सन्जित सिंहले खेलाडीसँग स्वीकारे,  एएफसीबाट मान्यता नै नभइकन कोर्स गराउनु एन्फाकै गल्ती हो ।

तत्कालिन प्राविधिक निर्देशक अस्ट्रेलियाली नागरिक ग्यारी फिलिप्सले तीन पटक बी’ तथा एक पटक ए’ लाइसेन्स कोर्स गराएका थिए । बी’ लाइसेन्स कोर्सका लागि तीन पटकमा गरि कुल ६७ प्रशिक्षकहरुले भाग लिए पनि त्यसको समेत नतिजा आउन बाँकी रहेको कोच एजुकेसन प्रमूख सिंहले बताए ।

एएफसीको इन्स्ट्रक्टर प्यानल लिस्टमा नभए पनि ग्यारीले २०२० को नोभेम्बर देखि २०२१ को मार्चसम्म काठमाडौंमा सञ्चालन गरेको ए’ लाइसेन्स कोर्समा कुल १९ प्रशिक्षकहरु सहभागी भएका थिए । तिनमध्ये राष्ट्रिय टोलीका पूर्व कप्तान श्रेष्ठ, संकटाका प्रशिक्षक विष्णु गुरुङ, यु २० राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखल र भारतीय आइ लिगको साविक विजेता गोकुलम केरेलाका गोलकिपिङ प्रशिक्षक मनिष तिमल्सिना पास भएको बताइएको थियो ।

कोर्स सकिएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि प्रमाणपत्र नपाएका प्रशिक्षकहरुले ताकेता गर्न थालेपछि एन्फाले गराएको कोर्स नै फेक भएको रहस्य खुलेको थियो । 

एन्फासँग सम्पर्क गर्दा कोर्समा एएफसीको प्रतिनिधिले अवलोकन गरेको कारण एएफसीबाट केही न केही मान्यता त होला भनेको छ । तर, एन्फाले हामीसँग कुनै कुरा पनि प्रष्टसँग भनेको छैन । आधिकारिक रुपमा भन्ने हो भने हामी अहिले ए’ लाइसेन्स प्राप्त प्रशिक्षक होइन । फेरि गर्नुपर्ने भयो,’ कोर्समा पास भएको भनिएका साहुखलले खेलाडीसँग भनेर्, ग्यारीसँग प्रो लाइसेन्स नभएकाले हामीले त्यो कोर्स गरे पनि एएफसीको लाइसेन्स पाउँदैन भन्ने चाँही सुनेका छौं । तर केही प्रष्ट छैन ।’

वार्षिक एक लाख अमेरिकी डलर पारिश्रमिक हुने गरि २०१९ देखि दुई वर्ष प्राविधिक निर्देशकका रुपमा अस्ट्रेलियाली नागरिक ग्यारीले नेपालमा काम गरेका थिए । यसबीचमा उनले एक पटक मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय महिला टोलीको पनि नेतृत्व गरेका थिए ।

एएफसीको इन्स्ट्रक्टर सुचीमा नरहेका ग्यारीले आफूसँग प्रो लाइसेन्स नभए पनि जबरजस्ती नेपालमा ए’ लाइसेन्स कोर्स गराएका थिए । एएफसीको नियमअनुसार एएफसीको इन्स्ट्रक्टर सुचीमा नरहेको प्रशिक्षकले ए’ लाइसेन्स कोर्स गराउन पाउँदैन । साथमा नेपालले हस्ताक्षर गरेको कोच कन्भेन्सन पनि बी’ लाइसेन्स सम्मका लागिमात्र भएकाले उनले गराएको ए’ लाइसेन्स कोर्सले मान्यता नपाउने एन्फाले स्वीकारेको छ ।

एन्फा स्रोतका अनुसार ए’ लाइसेन्सका लागि नेपालले पठाएको पाठ्यक्रम स्वीकृत नभए पनि एएफसी इन्स्ट्रक्टर सुचीको प्रशिक्षकले गराएको भए कोर्सले मान्यता पाउने सम्भावना थियो ।  सबैथोकमा बलमिचाई गर्ने बानी लागेका हामीले एएफसीको मान्यतालाई पनि पेल्न खोज्यौं । त्यसको सिकार निर्दोष प्रशिक्षकहरु हुनुपर्यो,‘ एन्फाका एक वरिष्ठ पदाधिकारीले भने ।

एन्फाका प्रशिक्षण शिक्षा प्रमूख सिंहले ग्यारीका कारण एन्फाबाट गल्ती भएको प्रतिक्रिया दिए ।  त्यतिखेर उहाँ प्राविधिक निर्देशक हुनुहुन्थ्यो । आधिकारिक रुपमा हामीले पाउने भनेको बी’ सम्मको कोर्स गराउने हो । तर उहाँले एएफसीसँग कुरा गरेर गरेको भन्नुभयो । एएफसीसँगको कुराकानीमा केही असमझदारी भएको हुनुपर्छ । उहाँले भनेपछि हामीले रोक्न सकेनौं । मैले त झन रोक्ने कुरै भएन, उहाँ मभन्दा माथि हुनुहुन्थ्यो,’ सिंहले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो