चैत्र ९, २०८२ सोमबार | २०:५३:५०
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्षबीच भेटवार्ता

दोहा । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघ (क्युएफए) का अध्यक्ष हमाद बीन खलिफा बीन अहमेद अल थानीलाई भेटेका छन् ।

एन्फा अध्यक्ष नेम्वाङ र क्युएफएका अध्यक्ष थानीबीच शनिबार दोहामा भेटवार्ता भएको हो ।

यस क्रममा दुई अध्यक्षबीच फुटबल सन्दर्भमा बृहत छलफल भएको एन्फाले जनाएको छ । दुई अध्यक्षबीच एन्फालाई क्युएफएको सहयोगलाई जारी राख्दै दुई फुटबल संघबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन छलफल भएको छ ।

हाल कतार भ्रमणमा रहेका एन्फा अध्यक्ष नेम्वाङले क्युएफए अध्यक्ष बीनबाट मायानको चिनो पनि पाएका थिए ।

पछिल्लो समय नेपाली फुटबलम जारी सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच विवाद भइरहदा एन्फा अध्यक्षको कतार भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । एन्फाको नयाँ कार्यसमिति चयन भइसकेपछि नेत्तृत्व तहले अल्मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहेको कुरा ‘ओ‌पन सेक्रेट’ बनिसकेको छ ।

प्रशिक्षक अल्मुताइरी क्युएफएकै सहयोगमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको बागडोर सम्हाल्न आइपुगेका प्रशिक्षक अल्मुताइरीले एएफसी एसियन कप तेस्रो चरणको छनोटअघि राष्ट्रिय टिमका सिनियर १० खेलाडीलाई होटल छोड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षकबीचको मतभेद चरम अवस्थामा पुगेको थियो ।

प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणबाट निकालेको केही दिनपछि पत्रकार सम्मेलन गर्दै १० खेलाडीहरुले आफूहरुले प्रशिक्षणका बेला न्युनतम आवश्यकता परिपूर्ती गरिदिन आग्रह गर्दा प्रशिक्षणबाट बाहिरिनु परेको बताएका थिए ।

एसियन कप तेस्रो चरणको छनोटपछि तीन महिना विदा लिएका अल्मुताइरी हाल आफ्नै देश कुवेतमा छन् । अल्मुताइरी बिदामा भएकै बेला नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने तय भएको छ । जसका लागि टिमको प्रशिक्षण कसले सम्हाल्छ भन्ने चासोको विषय थियो । अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आउने उत्कट इच्छा देखाइरहँदा एन्फाले कार्यकारी मुख्य प्रशिक्षक नियुक्त गरेर उनलाई संकेत दिएको प्रतीत हुन्छ । 

त्यसो त, एन्फाको नेतृत्व तहनै कुवेती प्रशिक्षक अल्मुताइरीलाई ‘धेरै उदण्ड मच्चाइसक्यौ, बस् अब पुग्यो, धन्यवाद’ भन्ने मनसायमा पुगिसकेको छ । त्यसमाथि अल्मुताइरीले निकालेका सिनियर खेलाडी पनि प्रायलाई कार्यवाहक प्रशिक्षक हुमागाईँले बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो