माघ १६, २०८२ शुक्रबार | १५:५९:३५
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एन्फा अध्यक्ष नेम्वाङ र कतार फुटबल संघका अध्यक्षबीच भेटवार्ता

दोहा । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघ (क्युएफए) का अध्यक्ष हमाद बीन खलिफा बीन अहमेद अल थानीलाई भेटेका छन् ।

एन्फा अध्यक्ष नेम्वाङ र क्युएफएका अध्यक्ष थानीबीच शनिबार दोहामा भेटवार्ता भएको हो ।

यस क्रममा दुई अध्यक्षबीच फुटबल सन्दर्भमा बृहत छलफल भएको एन्फाले जनाएको छ । दुई अध्यक्षबीच एन्फालाई क्युएफएको सहयोगलाई जारी राख्दै दुई फुटबल संघबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन छलफल भएको छ ।

हाल कतार भ्रमणमा रहेका एन्फा अध्यक्ष नेम्वाङले क्युएफए अध्यक्ष बीनबाट मायानको चिनो पनि पाएका थिए ।

पछिल्लो समय नेपाली फुटबलम जारी सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच विवाद भइरहदा एन्फा अध्यक्षको कतार भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । एन्फाको नयाँ कार्यसमिति चयन भइसकेपछि नेत्तृत्व तहले अल्मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहेको कुरा ‘ओ‌पन सेक्रेट’ बनिसकेको छ ।

प्रशिक्षक अल्मुताइरी क्युएफएकै सहयोगमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको बागडोर सम्हाल्न आइपुगेका प्रशिक्षक अल्मुताइरीले एएफसी एसियन कप तेस्रो चरणको छनोटअघि राष्ट्रिय टिमका सिनियर १० खेलाडीलाई होटल छोड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षकबीचको मतभेद चरम अवस्थामा पुगेको थियो ।

प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणबाट निकालेको केही दिनपछि पत्रकार सम्मेलन गर्दै १० खेलाडीहरुले आफूहरुले प्रशिक्षणका बेला न्युनतम आवश्यकता परिपूर्ती गरिदिन आग्रह गर्दा प्रशिक्षणबाट बाहिरिनु परेको बताएका थिए ।

एसियन कप तेस्रो चरणको छनोटपछि तीन महिना विदा लिएका अल्मुताइरी हाल आफ्नै देश कुवेतमा छन् । अल्मुताइरी बिदामा भएकै बेला नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने तय भएको छ । जसका लागि टिमको प्रशिक्षण कसले सम्हाल्छ भन्ने चासोको विषय थियो । अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आउने उत्कट इच्छा देखाइरहँदा एन्फाले कार्यकारी मुख्य प्रशिक्षक नियुक्त गरेर उनलाई संकेत दिएको प्रतीत हुन्छ । 

त्यसो त, एन्फाको नेतृत्व तहनै कुवेती प्रशिक्षक अल्मुताइरीलाई ‘धेरै उदण्ड मच्चाइसक्यौ, बस् अब पुग्यो, धन्यवाद’ भन्ने मनसायमा पुगिसकेको छ । त्यसमाथि अल्मुताइरीले निकालेका सिनियर खेलाडी पनि प्रायलाई कार्यवाहक प्रशिक्षक हुमागाईँले बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।