चैत्र ५, २०८२ बिहीबार | ०२:५४:४६
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

एएफसी यु २० छनोट खेल्न बहराइन जाने नेपाली टिमको बिदाइ

काठमाडौं । एएफसी यु २० एसियन कप छनोट खेल्न बहराइन जाने नेपाली टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेशका नेता मोहन बस्नेत, अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडा लगायत एन्फा पदाधिकारीहरुले बिदाइ गरे ।

‘टिमलाई भन्नुपर्ने कुरा केही छैन तर टिममा निकै आशा छ । साफमा राम्रो नराम्रो दुवै नतिजा आयो । तर, अब मैले र नेपाली फुटबल समर्थकहरुले यो टिमले नराम्रो नतिजा सुध्रिन्छ भन्ने आशा गरेका छौं । टिमलाई उत्कृष्ट प्रदर्शनको सुभकामना छ,’ कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले भने ।

मुख्य प्रशिक्षक मेघराज केसीले छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

बहराइन जाने टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल साहु, गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर, टिम व्यवस्थापकमा दिवाकर घले र टिम अफिशियलमा पुरुषोत्तम थापा र भगवान दर्लामीमगर छन् ।

छनोटका लागि नेपाली टिम सेप्टेम्बर आठमा बहराइन जानेछ ।

नेपाल छनोटको समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै घरेलु टिम बहराइन, भुटान, बंगलादेश र कतार छन् ।

नेपालले सेप्टेम्बर १० मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले सेप्टेम्बर १२ मा कतारविरुद्ध, १४ मा बहराइन र १६ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाली टिम:

गोलरक्षकः इश्वर गुरुङ, टोपबहादुर राना, जियारथ शेख

डिफेन्डरः स्यान्सु भुसाल, जान ताम्लि, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिशेक वाइबा

मिडफिल्डरः राकेश विश्वकर्मा, सन्जिव लामा, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं