माघ ३, २०८२ शनिबार | ०३:४८:२४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

एएफसी यु २० छनोट खेल्न बहराइन जाने नेपाली टिमको बिदाइ

काठमाडौं । एएफसी यु २० एसियन कप छनोट खेल्न बहराइन जाने नेपाली टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेशका नेता मोहन बस्नेत, अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडा लगायत एन्फा पदाधिकारीहरुले बिदाइ गरे ।

‘टिमलाई भन्नुपर्ने कुरा केही छैन तर टिममा निकै आशा छ । साफमा राम्रो नराम्रो दुवै नतिजा आयो । तर, अब मैले र नेपाली फुटबल समर्थकहरुले यो टिमले नराम्रो नतिजा सुध्रिन्छ भन्ने आशा गरेका छौं । टिमलाई उत्कृष्ट प्रदर्शनको सुभकामना छ,’ कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले भने ।

मुख्य प्रशिक्षक मेघराज केसीले छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

बहराइन जाने टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल साहु, गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर, टिम व्यवस्थापकमा दिवाकर घले र टिम अफिशियलमा पुरुषोत्तम थापा र भगवान दर्लामीमगर छन् ।

छनोटका लागि नेपाली टिम सेप्टेम्बर आठमा बहराइन जानेछ ।

नेपाल छनोटको समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै घरेलु टिम बहराइन, भुटान, बंगलादेश र कतार छन् ।

नेपालले सेप्टेम्बर १० मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले सेप्टेम्बर १२ मा कतारविरुद्ध, १४ मा बहराइन र १६ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाली टिम:

गोलरक्षकः इश्वर गुरुङ, टोपबहादुर राना, जियारथ शेख

डिफेन्डरः स्यान्सु भुसाल, जान ताम्लि, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिशेक वाइबा

मिडफिल्डरः राकेश विश्वकर्मा, सन्जिव लामा, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate