चैत्र ४, २०८२ बुधबार | ०६:४७:०१
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

एन्टोनीः एक असाधरण प्रतिभाका धनी

लन्डन । २०१९ को सुरुआतमा साओ पाउलोको सिनियर टिम अमेरिकाको प्रिसिजन भ्रमणमा निस्कँदा एन्टोनी पनि भ्रमणका लागि छानिन सक्थे । एन्ट्रयाक्ट फ्रयांकफर्ट र आयाक्सजस्ता टिमसँगका खेलमा मैदान उत्रिन सक्थे । तर उनी अमेरिका जाने साओ पाउलोको टोलीमा समावेश गरिएनन् । र, त्यसैले उनको करियरलाई सधैका लागि पूर्ण रुपमा परिवर्तन गर्यो ।

अघिल्ला महिनाहरुमा सिनियर टोलीसँग अभ्यास गरे पनि व्यवस्थापनले ब्राजिलको सबभन्दा ठूलो युवा प्रतियोगिता कोपा साओ पाउलोका लागि यु २० टिममा फिर्ता पठाउँदा यी युवा विंगरले कुनै आनाकानी गरेनन् । व्यवस्थापनको निर्णयअनुसार युवा प्रतियोगितामा सहर्ष सहभागिता जनाए । जहाँ टोलीले उपाधि जित्दा एन्टोनीले चार गोल गर्नुका साथै ६ गोलका लागि अवसर सिर्जना गरेर फुटबल विश्वसमक्ष आफ्नो परिचय दिए ।

सिनियर टिममा फेरि पुनरागमन जनाउँदा एन्टोनीको परिचय पहिलाजस्तो मात्र थिएन । त्यतिबेला उनी टिमका लागि एकेडेमीबाट आएका एउटा नयाँ प्रतिभा मात्र थिएनन् । उनी साच्चै एउटा असाधारण सदस्यका रुपमा टिममा फर्किएका थिए ।

पासारोका अनुसार त्यसको लगत्तै २०१८ मा आयाक्सले एन्टोनीलाई भित्र्याउनका लागि साओ पाउलोसमक्ष तीस लाख युरोको प्रस्ताब गरेको थियो ।

‘उनको करियरका लागि त्यो गज्जबको मोड थियो,’ साओ पाउलोका पूर्व कार्यकारी निर्देशक एलेसान्द्रे पासारोलाई उधृत गर्दै बिबिसी स्पोर्टसले लेखेको छ, ‘अरु युवा खेलाडीले जस्तो उनले उमेर समूहको टिममा जान अस्विकार गरेनन् । सिनियर टिमबाट एउटा भ्रमण छोड्नु परे पनि उनले खुसीसाथ व्यवस्थापनको निर्णयलाई सम्मान गरे । उनले सधै आफ्नो क्षमता र प्रदर्शनमा सुधार गर्नेतिरमात्र ध्यान दिए । त्यही सिजनमा युवा टिमबाट खेल्दा उनी चम्किएका हुन् । त्यसपछि उनले स्टार खेलाडीको पहिचान बनाए ।’

पासारोका अनुसार त्यसको लगत्तै २०१८ मा आयाक्सले एन्टोनीलाई भित्र्याउनका लागि साओ पाउलोसमक्ष तीस लाख युरोको प्रस्ताब गरेको थियो । ‘हामीले २०२० मा उनलाई बेच्दा पनि २० प्रतिसत मुनाफाको सर्त राख्यौं । किनकी उनी उच्चस्तरमा पुग्छन भन्ने हामीलाई थाहा थियो,’ पासारोले भने ।

एन्टोनीले त्यसयता आयाक्सका लागि मैदानमा अदभुत प्रदर्शन गरे । सबैखाले प्रतियोगितामा गरि उनले दुई सिजनमा टोलीका लागि ४७ गोल गर्न भ्याए । त्यही कारण दुई सिजनपछि इङ्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेड एन्टोनीको सेवा लिनका लागि प्रारम्भिक ८ करोड ७ लाख ५० लाख तथा थप ४२ लाख ५० हजार युरो तिर्न सहमत भयो ।

प्रिमियर लिगको इतिहासमै २२ वर्षे विंगर एन्टोनी सबभन्दा महंगो सम्झौतामा अनुबन्धित हुने खेलाडीको सुचीमा चौथो हुने भएका छन् । युनाइटेडले पाउल पोग्बा, चेल्सीले रोमेलु लुकाकु तथा म्यानचेस्टर सिटीले ज्याक ग्रिलिसलाई योभन्दा महंगो मुल्यमा अनुबन्ध गरेको थियो ।

सानो नर्क भनेर कुख्यात ओसास्कोको अत्यन्तै खतरनाकमध्येको क्षेत्र फाभेलामा हुर्किएका उनको बारम्बार लागुऔषध माफिया, पुलिससँग भागेर लुक्न आएका अपराधीहरुसँग जम्काभेट भइरहन्थ्यो । वाल्यकालमा उनले आफ्नो घरनजिकै पुलिसले अपराधीहरुलाई मारेका थुप्रै घटनाहरु पनि देख्नुपरेको थियो ।

आश्चर्यजनक रुपमा, वाल्यकालमै देखेका त्यस्ता दृष्यले पनि उनलाई कहिल्यै भयभित बनाएन । एउटा फुटबलर बन्ने उनको सपनालाई त्यस्ता घटनाक्रमहरुले विचलित बनाउन सकेनन् । त्यसैले ब्राजिली अन्तर्राष्ट्रिय टोलीका फरवार्ड एन्टोनीलाई करियरमा भोग्नुपरेका दबाबको वारेमा सोध्यो भने केही बोल्दैनन, मुस्कुराउँछन् मात्र ।

‘वास्तविक दबाब भनेको मैले वाल्यकालमा फाभेलामा झेलेको छु । बिहान नौ बजे स्कुल निस्किँदा बेलुका नौ बजेको खाना खान पाइन्छ कि पाइन्न भन्ने डर सधै हुन्थ्यो । दबाब भनेको त्यो हो, अरु कुरा त मानिसले सहजै पचाइहाल्छ नी,’ उनी भन्छन् ।

झोपडपट्टी बस्तीको एउटा फुच्चेबाट विश्वकै शीर्ष खेलाडीहरुमा गनिन थाले पनि उनले पुराना दिनमा आफूसँगै रहेका कसैलाई पनि विर्सिएका छैनन् ।

‘हामीले साओ पाउलोमा उनको सभ्झौता नवीकरण गरिरहदा उनी प्रत्येक पटक आफ्नी आमा, बाबु, दाजुभाई र दिदीबहिनीलाई लिएर आउँथे । उनी सधै पूरा परिवारसहित आउँथे,’ पासारो सम्झन्छन् ।

महामारीको समय फिट्नेसमा थप मेहनत गर्दै जब्बर शरिर बनाएका एन्टोनी नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपका लागि ब्राजिली टोलीमा समावेश गरिएका छन् । ब्राजिलका प्रशिक्षक टिटे ड्रिबलिङ कलामा नेइमारभन्दा एन्टोनीलाई माथि मान्छन् । भलै उनी बल एक्लै ड्रिबल गर्नुभन्दा पास गर्नुपर्नेमा जोड दिन्छन् । दक्षिण अमेरिकी छनोट दौरान टिटेले उनलाई पास गर्नका लागि निर्देशन दिइरहँदा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार नेइमारले ‘होइन, यो वालकलाई ड्रिबल गर्न दिनुपर्छ, उसलाई उसकै विशेषताअनुसार खेल्न देउ’ भन्दै एन्टोनीको साथ दिएका थिए ।

पासारोको बुझाईमा एन्टोनी टिम अप्ठेरोमा रहेका बेला आवश्यकता अनुसारको प्रदर्शन गर्न सक्ने खेलाडी हुन् ।

एन्टोनीलाई युनाइटेडका प्रशिक्षक इरिक टेन हागप्रति पूर्ण रुपमा विश्वास छ । यो जोडीले दुई सिजन आयाक्समा सँगै काम गरेको थियो । एउटा कोरा प्रतिभालाई चुस्त खेलाडीका रुपमा परिवर्तन गर्नमा टेन हागको ठूलो भूमिका छ । तर युनाइटेडको दोस्रो महंगो खेलाडीका रुपमा उनलाई भित्र्याउँदा खर्चिएको मुल्यलाई भने ओल्ड ट्राफोर्डमा यो जोडीले जायज सावित गर्नुपर्नेछ ।

‘पक्कै पनि उनले २२ वर्षको सानो उमेरमै धेरै कुरा हासिल गरिसकेका छन् । तर उनी यति क्षमतावान खेलाडी हुन की, उनीसँग काम गर्ने कुनै पनि प्रशिक्षक उनलाई छोड्न चाहन्नन् । टेन हागमा पनि भएको त्यही हो । ब्राजिलमा आन्द्रे जार्डिने र टिटेको पनि उनीप्रतिको भावना त्यही हो,’ पासारो भन्छन्, ‘एउटा खेलाडीलाई प्रशिक्षकले जति अरुले जान्दैन । सँगै काम गरेका सबै प्रशिक्षकले उनलाई आफूसँगै राखिरहने चाहना राख्नुले पनि उनी कति क्षमतावान छन् भन्ने कुराको प्रमाण दिन्छ ।’

पासारोको बुझाईमा एन्टोनी टिम अप्ठेरोमा रहेका बेला आवश्यकता अनुसारको प्रदर्शन गर्न सक्ने खेलाडी हुन् । त्यही कारण म्यानचेस्टर सिटी र टोटनहमले पनि बराबर पैसा प्रस्ताब गर्नाका बावजुद टेन हागले एन्टोनीलाई अनुबन्ध गर्न हतारो गरेका हुन् ।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH