चैत्र १२, २०८२ बिहीबार | ०२:५३:५३
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

र्याटक्लिफ बन्लान् युनाइटेडका नयाँ मालिक ?

लन्डन । अर्बपति सर जिम ¥याटक्लिफ म्यानचेस्टर युनाइटेड किन्न चाहन्छन् । यदि अलोकप्रिय ग्लेजर परिवार क्लब बेच्न तयार भए केमिकल कम्पनी आइएनइओएसका मालिक र्याटक्लिफले किन्ने मनसाय बनाइसकेका छन् । हाल युनाइटेड एक अमेरिकी परिवारको स्वामित्वमा छ । र, पछिल्लो समय समर्थकहरुको तीव्र आलोचनाका कारण उनीहरु क्लब बेच्ने मनसाय बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाबाट प्रशारित केही रिपोर्टहरुमा उनीहरु क्लबको केही हिस्सा स्वामित्व विक्री गर्न चाहिरकेको उल्लेख छ । र, त्यसका लागि ¥याटक्लिफ तयार छन् । तर, बेलायती धनाढ्य ¥याटक्लिफ क्लबको पूरा अधिकार किन्न चाहन्छन् । र, बेलायती धनी क्लब खरिद गर्न उनीसँग पर्याप्त पुँजी पनि छ ।

युनाइटेडको मुल्य कति ?

खेलकुद मुल्यांकनमा काम गर्ने एक कम्पनीलाई उदृत गर्दै गोल डटकमले करिब ६ बिलियन पाउन्डको आंकलन गरेको छ । चेल्सी केही महिना अगाडि मात्रै रुसी मालिक रोमन अब्रोमोभिचबाट अमेरिकी धनाढ्य टोड बोलीले २.५ बिलियन पाउन्डमा खरिद गरेका थिए ।

तर, त्यो एक बाध्यकारी खरिद–बिक्री थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्झौताका कारण रोमनमाथि बेलायतले प्रतिबन्ध लगाएका कारण चेल्सीलाई चाँडै मालिक खोज्ने दबाब थियो ।

चेल्सीको तुलनामा धेरै दर्शक क्षमताको रंगशाला र व्यावसायिकरुपमा पनि सफल क्लब भएकाले ग्लेजर्स परिवारले ठूलो रकम माग गर्न सक्छ ।

सन् २००३ देखि ग्लेजर्स परिवारले युनाइटेडको स्वामित्व राखिरहेको छ । सन् २००५ मा ग्लेजर्सले पूरा नियन्त्रण हत्याएको थियो । घाटामा रहेको क्लब लिएको ग्लेजर्स परिवारले विभिन्न आर्थिक आरोह–अवरोहका बाबजुद क्लबलाई बलियो अवस्थामा पुर्याएको छ ।

ग्लेजर्स किन अलोकप्रिय ?

सोमबार ओल्ड ट्राफोर्डमा लिभरपुलसँग युनाइटेडले खेल्दै छ । त्यो खेलमा पक्कै विरोध हुनेछ । यसअघि २०२१ मा पनि युनाइटेड र लिभरपुलको खेल स्थगित भएको थियो । जसको कारण केही समर्थक ड्रेसिङ रुममा पस्ने कोसिस गरेका थिए । जसका कारण डरलाग्दो परिस्थित उत्पन्न भएको थियो ।

सन् २००३ देखि ग्लेजर्स परिवारले युनाइटेडको स्वामित्व राखिरहेको छ । सन् २००५ मा ग्लेजर्सले पूरा नियन्त्रण हत्याएको थियो । घाटामा रहेको क्लब लिएको ग्लेजर्स परिवारले विभिन्न आर्थिक आरोह–अवरोहका बाबजुद क्लबलाई बलियो अवस्थामा पुर्याएको छ ।

असफल बनेको युरोपियन सुपर लिगमा सहभागी हुने युनाइटेडको निर्णयका कारण समर्थकहरुले चर्को विरोध गरेका थिए । जुन ग्लेजर्सको अलोकप्रियताको प्रमुख कारण हो ।

जारी सिजनको खराब सुरुआतले समर्थकमाझ दन्एिको रिषको आगोमा घिउ थप्ने काम गरेको छ । युनाइटेड सन् १९९२ यता पहिलो पटक तालिकाको पुछारमा छ ।

को हुन् सर जिम र्याटक्लिफ ?

¥याटक्लिफ केमिकल जायन्ट्स आइएनइओएसका मालिक हुन् । यो करिब १३ बिलियन पाउन्ड मुल्यांकन भएको कम्पनी हो ।

उनी बाल्यकालदेखि नै युनाइटेडका फ्यान हुन् । र, गत साता मात्रै क्लबको मालिक बन्ने इच्छा देखाएकका ¥याटक्लिफ युनाइटेडका सम्भावित मालिक हुन् । ¥याटक्लिफ अहिले फ्रेन्च क्लब निसका मालिक हुन् ।

उनले यसअघि चेल्सी खरिदका लागि पनि बिड गरेका थिए । तर, समयसीमा नाघेकाले उनको त्यो प्रयास असफल भएको थियो ।

उनी साँच्चै इच्छुक हुन् ?

 र्याटक्लिफनिकट स्रोतका अनुसार उनी सधैँ प्रियिमर लिगको क्लब किन्न चाहन्छन् । यसै वर्षको सुरुआतमा चेल्सी किन्न उनको प्रयास पनि त्यसको उदाहरण हो ।

समयावधि नाघेकै कारण असफल भएको प्रयासबाट उनले प्रिमियर लिगमा प्रवेश कठिन रहेको बुझिसकेका छन् । तर, उनी त्यसका लागि भने तयार छन् । युनाइटेडकै समर्थक भएकाले उनलाई सम्भावित मालिक नै भन्न सकिन्छ, किनभने उनले युनाइटेडको मालिक बन्ने कुनै पनि मौका अब गुमाउने छैनन् ।

माइकल नाइटनले यसअघि नै युनाइटेड किन्ने योजनामा रहेको घोषणा गरिसकेका छन् । उनीबाहेक विश्वभरका अन्य धनाढ्य पनि उचित मौकाको पर्खाइमा रहने छन् ।

तर, ग्लेजर्सले बेच्छ ?

अझै पनि यो नै प्रमुख प्रश्न हो । समयसमयमा ग्लेजर्स परिवार युनाइटेड बेच्ने तयारीमा रहेको खबर आउँछन् । तर, आधिकारिकरुपमा ओल्ड ट्राफोर्डबाट ‘युनाइटेड बिक्रीमा छैन’ भन्ने नै खबर बाहिरिने गरेको छ ।

पछिल्लो ग्लेजर्सले युनाइटेडकै समर्थकबाट तीव्र आलोचना र अपमान भोग्नु परिरहेको छ ।

दुई खेलपछि युनाइटेड करिब ३० वर्षपछि लिग तालिकाको पुछारमा छ । नयाँ प्रशिक्षक एरिक टेन हाग यो अवस्था परिवर्तन गर्न ट्रान्सफर विन्डो बन्द हुनु अगाडि नयाँ खेलाडी अनुबन्धन गर्ने योजनामा छन् ।

यो ट्रान्सफर विन्डोमा करिब १ सय ५० मिलियन खर्च हुने देखिन्छ । जसको आधारमा टेन हाग युनाइटेडलाई शीर्ष चारमा पुर्याउन चाहन्छन् । तर, म्यानचेस्टर सिटी र लिभरपुलसँगको ग्याप हटाउनका लागि भने त्यति मात्रै रकम पर्याप्त नहुन सक्छ ।

यस्तै, ग्लेजर्सले यसअघि नै ओल्ड ट्राफोर्डमा आवश्यक मर्मत गर्ने घोषणा गरिसकेको छ । जुन अहिले ऋणमा रहेका मालिकलाई आर्थिकरुपमा अझै भार थप्ने निर्णय बन्न सक्छ ।

यदी वार्षिकरुपमा मल्टि मिलियन पाउन्ड भित्र्याउन चाहन्छ भने युनाइटेडले कम्तिमा शीर्ष चारमा कुनैै पनि हालतमा सिजन सकाउनुपर्छ ।

अरु कसले बिड गर्ला ?

माइकल नाइटनले यसअघि नै युनाइटेड किन्ने योजनामा रहेको घोषणा गरिसकेका छन् । उनीबाहेक विश्वभरका अन्य धनाढ्य पनि उचित मौकाको पर्खाइमा रहने छन् ।

चेल्सीलाई सबैभन्दा ठूलो लिगको प्रसिद्ध क्लब किन्ने मौकाको रुपमा हेरिएको थियो । म्यानचेस्टर युनाइटेडलाई भने त्यो भन्दा ठूलो मौकाको रुपमा हेरिने छ । यस्तै सिकागो बुल्सको मालिक रिक्केट्स परिवार पनि यसअघि नै युनाइटेडसँग जोडिइसकेको छ । यस्तै, न्यु योर्क जेट्सका मालिक वुडी जोन्सोन, बोस्टोन सेल्टिक्सका मालिक स्टिभ पाग्ल्यिुकाले पनि यसअघि चेल्सी किन्ने प्रयास गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो