माघ १७, २०८२ शनिबार | ००:५३:४२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

बलोन डी अरः १५ वर्षपछि मेसी मनोनयनमा परेनन्

मड्रिड । अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले बार्सिलोनाभन्दा अन्य क्लबबाट खेल्छन् भन्ने सायदै कसैले अनुमान गरेका थिए ।

तर सन् २०२१ मा बार्सिलोनाले आर्थिक समस्याका कारण सम्झौता नविकरण गर्न नसक्ने जनाएसँगै मेसी फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भए । 

त्यो भन्दा आश्चर्य के हुन सक्छ? बलोन डी अर को शीर्ष ३० को नाम सार्वजनिक गर्दा मेसीको नाम सो सुचीमा नुहुनु अर्कोे आश्चर्य हुन सक्छ । उनी लगातार १५ वर्ष सो मनोनयनमा पर्दै आएका थिए ।

सात पटकका बलोन डी अर विजेता मेसी शीर्ष ३० को सुची बाहिर रहँदा इङलिस प्रिमियर लिगका भने १५ खेलाडीले सो सुचीमा स्थान बनाएका छन् । 

मेसी २०२१ को बलोन डी अर विजेता हुन् । यस क्रममा मेसीले २०२०–२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए ।
 

२०२१–२२ सिजन उनका लागि सुखद रहेन । मेसीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरेका थिए । 
सन् २००५ पछि मेसी लगातार बलोन डी अर को सुचीमा पर्दै आएका थिए । 

मेसीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो भने बलोन डी अर को शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन् । रोनाल्डो पाँच पटकका विजेता हुन् । 

म्यानचेस्टर सिटीका ६ खेलाडीले सुचीमा स्थान बनाउँदा लिभरपुलका ६ खेलाडी सो सुचीमा परेका छन् । पिएसजीबाट भने किलियन एमबाप्पेले शीर्ष ३० मा स्थान बनाउन सफल भए ।

रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका फ्रान्सका स्ट्राइकर करिम बेन्जेमालाई यस पटक बलोन डी अर को मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।