चैत्र ५, २०८२ बिहीबार | २२:०६:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

कीर्तिमानी पुनरागमनको तयारीमा साम्बा!

काठमाडौं । लामो समय चोटका कारण मैदान बाहिर रहेकी नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर साबित्रा भण्डारी पुरानै लयमा फर्किएकी छन् । ०७८ सालमा काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला लिगमा एन्टेरियर क्रसिएट लिगामेन्ट (एसिएल) इन्जुरीका कारण करिब एक वर्ष मैदान बाहिरै रहेकी साबित्राले गत माघमा सुरु भएको राष्ट्रिय महिला लिगमै पुनरागमन गरेकी थिइन् ।

चोटबाट फर्केर घरेलु प्रतियोगिता खेलिसकेकी साबित्रा अहिले भारतको गोकुलम केरला एफसीबाट एएफसी वुमन्स लिगको तयारी गरिरहेकी छन् । नेपालकी सर्वकालिन सर्वाधिक गोलकर्ता समेत रहेकी २६ वर्षीया साबित्रा एएफसी वुमेन्स क्लब च्याम्पियनसिप खेल्ने पहिलो नेपाली महिला फुटबलर बन्ने तयारीमा छन् ।

साबित्राले यसअघि २०२०–२१ मा ‘इन्डियन वुमेन्स लिग’ पनि केरलाबाटै खेलेकी साबित्राले सर्वाधिक गोलकर्ता बन्दै आफ्नो टिमलाई च्याम्पियन बनाएकी थिइन् ।

‘गम्भिर चोटबाट लामो समय मैदान बाहिर बस्नु पर्यो । तर यो स्तरमा खेलेर नेपाललाई चिनाउने अर्को अवसर नजिक छु’ सावित्राले भनिन्, ‘आशा छ, त्यो अवसर पाउने छु  र त्यो कीर्तिमान बनाउन सकेँ भने सायद म चोटको पीडा पनि भुल्ने छु ।’

फुटबल खेलाडीले भोग्ने सबैभन्दा कठिन चोटबाट गुज्रिएकी साबित्रा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामार्फत पुनरागमन गर्दा नयाँ कीर्तिमानसमेत बनाउने तर्खरमा छिन् । दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमध्ये एक साबित्राले सोमबारदेखि केरलामा प्रशिक्षण सुरु गरेकी छिन् ।

‘हिजोदेखि ट्रेनिङ सुरु गरेँ’ खेलाडीसँग साबित्राले भनिन्, ‘चोटबाट फर्किएको जस्तो भान भएको छैन । कुनै कठिनाइ भोग्नु परेको छैन । तयारी राम्रो भइरहेको छ ।’

साबित्राले यसअघि २०२०–२१ मा ‘इन्डियन वुमेन्स लिग’ पनि केरलाबाटै खेलेकी साबित्राले सर्वाधिक गोलकर्ता बन्दै आफ्नो टिमलाई च्याम्पियन बनाएकी थिइन् ।

उज्वेकिस्तानमा अगस्ट २० देखि २६ सम्म हुने वुमन्स क्लब च्याम्पियनसिपअन्तर्गत पश्चिम क्षेत्रको समूह चरणको खेलका लागि साबित्रा केरलामै अनुबन्ध भएकी हुन् । उनले यसअघि सन् २०१९ मा सेथु एफसीबाट खेल्दै भारतीय लिग च्याम्पियन बनाएकी थिइन् ।

‘भारतीय टिमलाई एसियाली च्याम्पियन बनाउने लक्ष्य’सहित शनिबार भारत पुगेकी साम्बा प्रतियोगितालाई लिएर उत्साहित छिन् ।

‘हामीसँग तयारीका लागि एक हप्ताको समय बाँकी छ, दिनमा एकपटक ट्रेनिङ गरिरहेका छौं,’ साबित्राले भनिन्, ‘हाम्रो टिम राम्रो छ । त्यसैले प्रतियोगिताका लागि सबै उत्साहित छौं । विशेष गरी म चोटबाट फर्केपछि यो स्तरको प्रतियोगिता खेल्ने भएकाले अझै उत्साहित छु ।’

वि.सं २०७८ साल फागुन तीन गते भएको राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा गोलमेसिन साबित्रा घाइते भएकी थिइन् । उनको दायाँ खुट्टाको एसियएल च्यातिएको थियो । साम्बाको उपचारको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा पहल गरेको थियो । कतार एएफको सहयोगमा उनी करिब आठ महिना कतारमा उपचार गराएर फर्किएकी थिइन् ।

चोटबाट पुनरागमन भएपछि गत वर्ष चितवनमा भएको राष्ट्रिय महिला लिग उनको पहिलो प्रतियोगिता थियो । जसमा उनले ७ खेलमा १४ गोल गरिसकेकी थिइन् ।

अगस्ट २० देखि सुरु हुने प्रतियोगिताको लागि साबित्राको टिम अगस्ट १५ मा उज्वेकिस्तानतर्फ प्रस्थान गर्नेछ । केरलाले इरानको बाम खातुन, जोर्डनको अर्थोडक्स क्बल र उज्बेकिस्तानको सोग्डियोना जिजाकसँग खेल्ने छ ।

 

६ दिने प्रतियोगिता सकेर साम्बा नेपालमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि अगस्ट अन्तिम साता स्वदेश फर्किने छिन् ।

सेथुलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाले पहिलो खेलमा क्लबबाट चार गोल गर्दै ‘वुमन अफ दी म्याच’ को अवार्ड पाएकी थिइन् । दोस्रो पटक गोकुलम केरलामा आबद्ध भएकी साम्बाले क्लबलाई उपाधि जिताउनुका साथै प्रतियोगिता अवधिभर सर्वाधिक १९ गोल गरेकी थिइन् ।

साफ च्याम्पियनसिप खेलेपछि साम्बा स्टेट लिग र आइ लिग खेल्नका लागि पुनः भारत जाने उनले बताइन् ।

राजधानीमा भदौ २१ देखि असोज तीन गतेसम्म हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिम प्रशिक्षणमा छ । सिनियर तथा महत्वपूर्ण खेलाडी प्रशिक्षणमा नहँुदा सामान्य प्रभाव परे पनि ठूलो समस्या नहुने बताउँछन् ।

‘व्यक्तिगत रुपमा त्यो प्रतियोगिताले साबित्रालाई राम्रो हुन्छ, फिट हुन्छ । तर, केही पक्षमा भने हामीलाई गाह्रो हुनसक्छ । हामीले योजना बनाइरहेको हुन्छौ, उसले नबुझ्न सक्छ । टिमसँगै भएको भए सजिलो हुन्थ्यो,’ उनले खेलाडीसँग भने, ‘तर, उसले पहिला नै क्लबसँग सम्झौता गरेको रहेछ । त्यसैले जानुपर्यो । उनी त्यहाँ जाँदा टिमलाई पनि फाइदा हुनसक्छ । राम्रो खेलाडीले ‘एडजस्ट’ गर्नेमा आशावादी छु । वा यसको लागि अर्काे योजना पनि बनाउँछौ ।’

सन् २०१४ देखि साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै आएकी साबित्राले नेपालबाट ३८ गोल गरिसकेकी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो