चैत्र ११, २०८२ बुधबार | १५:१३:४६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

अध्यक्ष लामाको प्रश्न- खै घरेलु संरचना र युथ फुटबल ?

कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं  । त्यस समय भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो  ।

तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थे । उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं  । उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराईन जस्ता एसियाका पावर हाउसका रुपमा रहेका राष्ट्रलाई पनि जित्ने गर्दथ्यौं भने दक्षिण कोरिया, जापान जस्ता राष्ट्रसँग कडा टक्कर दिएका धेरै नतिजाहरू छन्  । यसको एउटा प्रमुख कारण थियो, त्यो बेला हुने युथ लेभलको अत्याधिक फुटबल गतिविधि  ।

यु १४, यु १६ का धेरै भन्दा धरै फुटबल गतिविधि हुने गर्दथ्यो  । त्यस्तै एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रुपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो  । जसको प्रत्यक्ष फाइदा युथ स्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो  । एएफसी यु १७, यु १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौं भने दक्षिण एसियामा प्राय प्रतियोगिता जित्ने गर्दथ्यौं  ।

तर, बिस्तारै समयसँगै ती खेलाडी सिनियर राष्ट्रिय टिममा पुग्दा हाम्रो स्तर खस्कँदो र अरु राष्ट्रको उस्कँदै जाने गर्यो  । आजसम्मको मेरो अनुभव अनुसार यसको प्रमुख कारण भनेको कमजोर घरेलु फुटबल संरचनानै हो  । जहाँ हामी मुस्किलले वर्षमा ६ महिना फुटबल खेल्छौं  । राष्ट्रिय खेलाडीले थप एक दुई महिना राम्रो वातावरण पाउँलान्  ।

खेलाडीका लागि यो पर्याप्त पक्कै होइन  । यसरी अव्यवस्थित र कमजोर संरचनामा फुटबल खेलेर आफ्नो खेलाडी बन्ने सपना पूरा गर्दै गर्दा कति थाकेर अन्य बाटो लाग्छन्, कति आफ्नो दोस्रो सपना पूरा गर्न र पारिवारिक जिम्मेवारी बोकेर फुटबलबाट टाढिने गर्दछन्  । बाँकी रहेका खेलाडीले पनि पर्याप्त मात्रामा खेल्नका लागि घरेलु फुटबलको वातावरण नपाउँदा कहाँ गएर आफूलाई तिखार्ने वा नयाँ खेलाडीले आफूलाई कहाँ अनुभवी बनाउने त ?

साफ यु २० मा भारतसँग ८-० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन  । किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदैछ भन्ने मेरो बुझाई हो  । यदी घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ । जसको अर्थ नेपाली फुटबललाई पर्नु हो  ।

पक्कै भोलिका दिनमा समय समयमा उत्कृष्ट खेलाडी जन्मिने वा पाउने छौं  । तर ती खेलाडीलाई अनुभवी बनाउने कसरी ? यसरी नै बारम्बारको गोल अन्तरको खेलहरूबाट ?

के बलियो संरचना सहितको घरेलु फुटबल तथा उमेर समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिँदैन र ? तसर्थ उमेर समूहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भिर हुने समय सायद आजको प्रमुख विषय हो  ।

हालको राष्ट्रिय टिम परिवर्तनको संघारमा छ  । त्यस परिवर्तित स्थानमा अब आउने खेलाडीहरु युवा मात्र नभई अनुभव सहितको युवा खेलाडीको खाँचो हो  । किनकी कुनै पनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कै पनि होइन  । जहाँ मनलागि प्रयोग गरेर परीक्षण गरिन्छ  ।

राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम बिन्दु हो  । त्यहाँ नतिजा बाहेक अन्य विकल्प हुँदैन  । राष्ट्रिय टिमको नतिजाले नै राष्ट्रको फुटबल कुन धारमा जादैछ भन्ने कुराको संकेत गर्ने गर्दछ  । तसर्थ पर्याप्त मात्रामा खेलेर अनुभव लिई आफूलाई अब्बल रुपमा अनभवी बनाएर राष्ट्रिय टिममा जाने वातावरण मिलाउन सक्नुपर्छ  । चाहे त्यो अनुभव बलियो घरेलु फुटबलको होस् वा राष्ट्रिय, अन्तराष्ट्रिय उमेर समूहका खेलहरुबाट होस्  ।

जिल्लामा खेल वातावरण हुदाँ त्यसको अनुभव भोलि केन्द्र हुँदै राष्ट्रिय स्तरमा महत्व रहन्छ भने प्रत्येक उमेर समूहको खेल वातावरण हुँदा भोलि सिनियर टिमसम्ममा पुग्दा त्यसको प्रत्यक्ष फाइदा रहन्छ र नतिजामा टेवा पुग्दछ  ।

हाल खेल्दै गरेका यु २० का खेलाडीहरु व्यक्तिगत क्षमतामा निकै अब्बल रहेको देखिन्छ तर अनुभव निकै कम खेलाडीमा मात्र रहेको देखियो  । सायद धेरै खेलाडीले त्यो स्तरको दबाबपूर्ण खेलको अनुभव नभोगेका होलान्  । उहाँहरुलाई त्यही अनुसार यु १२, यु १५, यु १७ हुँदै अनुभव लिने खेल वातावरण भैदिएको भए आज केही हदसम्म सजिलो हुने थियो वा नतिजा फरक पर्न सक्थ्यो  । साथै घरेलु फुटबल बलियो भैदिएको भए त्यसमा खेलेर थप अनुभव राम्रो बनाउन सक्ने अवस्था बन्थ्यो  ।

एकाधलाई छाडी हेर्ने हो भने २०१६ देखि २०२२ सम्म हाम्रो राष्ट्रिय टिमले जितेको चार वटा उपाधि बंगबन्धु गोल्डकप, साग गेम्स २०१६, एएफसी सोलिडारिटी कप, साग गेम्स २०१९ सम्पूर्णमा रहेका अधिकांश खेलाडीहरू युथ लेभलबाट राम्रो अनुभव लिएर आएका खेलाडी हुन्  ।

२००३/४ देखि २०११/१२ सम्म उत्पादित खेलाडीले हालसम्म राष्ट्रिय टिम सम्हालेका छन्  । आउँदै गरेका नयाँ खेलाडीहरू पनि राम्रा छन् तर पर्याप्त मात्रामा अनुभवको कमी देखिन्छ  । यी नयाँ खलाडीले घरेलु फुटबलका साथै युथ खेल गतिविधि अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव निकै कम हासिल गर्न पाएका छन्  । यस्ता वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो  । घरेलु फुटबल कमजोर हुदाँ अनुभवी खेलाडीले पनि आफूलाई पर्याप्त मात्रामा निखार्ने र आफूलाई अझ अब्बल बनाउन सक्दैनन्  । जसको असर राष्ट्रिय टिमलाई पर्ने गर्दछ  ।

अब राष्ट्रिय टिममा हालका खेलाडीको विकल्प के त ? सायद यो एक उत्तरहिन जवाफ हुन सक्छ  । तसर्थ अहिलेको यो यु २० र बन्दै गरेको यु १७ का खेलाडीलाई बचाउनुको विकल्प नहोला  । समयसँगै परिमार्जन गर्दै यस यु २० र यु १७ का खेलाडीलाई बचाएर राख्न सक्नुपर्दछ  । र घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई खेलमा निरन्तर लागिरहन सक्ने वातावरण बनाउने हो भने यी खेलाडीहरुले २/३ वर्षमा राष्ट्रिय टिममा सहयोग गर्न सक्छन् र नेपाली फुटबलको सफल दिन सायद टाढा नहोला  ।

जति धेरै फुटबल गतिविधि सहि ढङ्गले हुन्छ त्यसरी नै खेलाडीहरु बीचको प्रतिस्पर्धाले उत्कृष्ट खेलाडी उत्पादन हुन्छ र पर्याप्त मात्रमा अनुभव संगालेर माथिल्लो स्तरमा राष्ट्रिय टिमलाई टेवा दिन सक्छ  । फुटबल खेल एउटा यस्तो खेल हो  । जहाँ युवा जोस र शक्ति जति नै उत्कृष्ट भएपनि खेललाई आफू अनुकुल नतिजा ल्याउन अनुभवको नितान्त खाँचो रहन्छ  ।

आज विश्व फुटबलमा जति पनि नतिजा निकालेका टिमहरू छन्, उनीहरुको टिमको संरचना हेर्दा प्रस्ट हुन सकिन्छ कि टिममा अनुभवी तथा अनुभव सहितका युवा खेलाडीको समिश्रण हुनु पर्दछ । विश्वकप विजेता तथा महादेशीय कपका विजेता राष्ट्रहरु  र प्रख्यात क्लब लिग विजेता क्लबहरू यसका उदाहरण हुन्  ।

त्यसैले कुनैपनि राष्ट्रको फुटबल विकासको आधार भनेको नै घरेलु फुटबल हो  । घरेलु फुटबल बलियो हुँदा खेलाडीले फुटबलमा स्थिरता पाउछन्  । जसकारण पूर्ण रुपमा फुटबलमा समर्पित हुने आधार रहन्छ  । खेलाडी पलायन तथा विलिन जस्ता अप्रिय कुराहरु धेरै हदसम्म समाधान हुन सक्छ  । यस आधुनिक युगमा वैज्ञानिक ढङ्गले खेलाडीलाई स्वच्छ र सुरक्षित वातावरणमा खेल्ने व्यवस्था गर्नुनै नतिजा प्राप्तीको आधार हो  ।

तसर्थ समग्रमा भन्ने हो भने कुनै पनि राष्ट्रको फुटबल विकासको आधारनै घरेलु फुटबलको बलियो संरचना हो  । समस्या हरेक क्षेत्रमा रहन्छ तर समाधान खोज्न सक्नु बुद्दिमता हो  । समस्या औंल्याइदिने काम धेरै भयो तसर्थ समस्या औंल्याइदिने मात्र होइन अब समाधान खोज्ने तिर पनि लाग्ने कि ?

विक्रम लामा (अखिल नेपाल फुटबल खेलाडीसंघका अध्यक्ष)को फेसबुकबाट


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो