चैत्र १६, २०८२ सोमबार | २०:५०:४९
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

पाँडेको नियुक्तिले विधान मिचेको छैन: एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ । असार ६ गतेको चुनावी साधारण सभाले एन्फाको नयाँ कार्यसमिति चयन गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिको असार ८ गते बसेको पहिलो बैठकले विदेश विभाग प्रमुखमा पाँडेलाई नियुक्त गरेको थियो । जर्मन नागरिक पाँडेको नियुक्तीसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ती दिएको हो ।

‘पाँडेको नियुक्तीलाई लिएर उठेका केही सवालहरुबाट यस संघको ध्यानाकर्षण भएको छ,’ एन्फाद्वारा जारी सूचनामा भनिएको छ, ‘सो निर्णय दाबी गरे अनुरुप विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौं । पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिकरुपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।’

यस्तै विधानको धारा २४ को ३ र क मा स्पष्टसँग ‘गैर नेपाली नागरिक एन्फा, वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भनेर व्याख्या गरिएको र फुटबलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लागि विदेशी नागरिकालाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले कार्यसमितिको त्यो निर्णयले विधान नमिचेको पनि सूचनामा उल्लेख छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो