चैत्र १३, २०८२ शुक्रबार | ०३:०८:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मेसीबाहेक अरुको स्थान पक्का छैनः डी मारिया

ब्युनस आयर्स । एन्जेल डी मारियाले कतार विश्वकप २०२२ का लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा स्थान बनाउन आफूले अझ मिहेनत गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

डी मारियाले आफ्नो क्लब भविष्य अन्योलमा रहेकाले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा स्थान बनाउन कठिन हुने जनाएका हुन् । २०२१–२२ सिजनको अन्त्यसँगै डी मारियाले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को बसाईमा पूर्णविराम लगाएका थिए । पिएसजीबाट बाहिरिएपछि उनी क्लबविहिन छन् ।

म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका समेत पूर्ण खेलाडी रहेका डी मारियाको अनुबन्धनका लागि युभेन्टसले इच्छा देखाउँदै आएको छ । युभेन्टस डी मारियालाई एक वर्षको लागि अनुबन्धन गर्न चाहन्छ । 

केही दिन अघिबाट मात्र प्रशिक्षणको जिम्मेवारी सम्हालेका कार्लोस टेभेज डी मारियालाई अर्जेन्टिनी क्लब रोसारियो सेन्ट्रलमा भित्राउन चाहन्छन् । डी मारिया नोभेम्बरमा कतार विश्वकप सुरु हुनु भन्दा अघि नै नयाँ गन्तब्य पक्का गर्न चाहन्छन् ।

कतार विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । डी मारियाले लियोनल मेसीबाहेक अन्य कसैको पनि अर्जेन्टिनाको २६ सदस्यीय टोलीमा स्थान पक्का नभएको बताए ।

‘अर्जेन्टिनाको विश्वकप टोलीमा एक जनाको मात्र स्थान पक्का छ र उनी लियोनल मेसी हुन्’, डी मारियाले भने, ‘विश्वकप सुरु हुन अब मात्र चार महिना बाँकी छ , मैले नयाँ गन्तब्य खोज्न बाँकी छ । त्यहाँ अभ्यस्त हुन र स्वभाविक प्रदर्शन कायम राख्न आवश्यक छ ।’

अर्जेन्टिनाबाट डी मारियाले एक सय २२ खेल खेलिसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो