माघ १७, २०८२ शनिबार | ११:०८:०८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मेसीबाहेक अरुको स्थान पक्का छैनः डी मारिया

ब्युनस आयर्स । एन्जेल डी मारियाले कतार विश्वकप २०२२ का लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा स्थान बनाउन आफूले अझ मिहेनत गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

डी मारियाले आफ्नो क्लब भविष्य अन्योलमा रहेकाले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा स्थान बनाउन कठिन हुने जनाएका हुन् । २०२१–२२ सिजनको अन्त्यसँगै डी मारियाले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को बसाईमा पूर्णविराम लगाएका थिए । पिएसजीबाट बाहिरिएपछि उनी क्लबविहिन छन् ।

म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका समेत पूर्ण खेलाडी रहेका डी मारियाको अनुबन्धनका लागि युभेन्टसले इच्छा देखाउँदै आएको छ । युभेन्टस डी मारियालाई एक वर्षको लागि अनुबन्धन गर्न चाहन्छ । 

केही दिन अघिबाट मात्र प्रशिक्षणको जिम्मेवारी सम्हालेका कार्लोस टेभेज डी मारियालाई अर्जेन्टिनी क्लब रोसारियो सेन्ट्रलमा भित्राउन चाहन्छन् । डी मारिया नोभेम्बरमा कतार विश्वकप सुरु हुनु भन्दा अघि नै नयाँ गन्तब्य पक्का गर्न चाहन्छन् ।

कतार विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । डी मारियाले लियोनल मेसीबाहेक अन्य कसैको पनि अर्जेन्टिनाको २६ सदस्यीय टोलीमा स्थान पक्का नभएको बताए ।

‘अर्जेन्टिनाको विश्वकप टोलीमा एक जनाको मात्र स्थान पक्का छ र उनी लियोनल मेसी हुन्’, डी मारियाले भने, ‘विश्वकप सुरु हुन अब मात्र चार महिना बाँकी छ , मैले नयाँ गन्तब्य खोज्न बाँकी छ । त्यहाँ अभ्यस्त हुन र स्वभाविक प्रदर्शन कायम राख्न आवश्यक छ ।’

अर्जेन्टिनाबाट डी मारियाले एक सय २२ खेल खेलिसकेका छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।