चैत्र १३, २०८२ शुक्रबार | ०२:३०:०१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

डी मारियालाई रोसारियो सेन्ट्रल भित्र्याउने टेभेजको चाहना

ब्युनस आयर्स । केही दिनअघि मात्र रोसारियो सेन्ट्रलको मुख्य प्रशिक्षकमा नियुक्त भएका पूर्व अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेजले क्लबमा एन्जल डी मारिया भित्र्याउने इच्छा व्यक्त गरेका छन् ।

म्यानचेस्टर युनाइटेड, सिटी, युभेन्टसका पूर्व फरवार्ड टेभेज मंगलबार अर्जेन्टिनी शीर्ष डिभिजनको क्लब रोसारियो सेन्ट्रलको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रशिक्षकमा नियुक्त भएसँगै टेभेजले प्रशिक्षणमा एन्टोनियो कोन्टेको अनुकरण गर्ने बताएका थिए ।

चार पटकको अर्जेन्टिनी लिग च्याम्पियन सेन्ट्रलसँग प्रशिक्षणका लागि एक वर्षको सम्झौता गरेका टेभेजले पूर्व सहकर्मी डी मारियालाई अनुबन्धित गर्ने आफ्नो चाहना सार्वजनिक गरेका हुन् ।

युरोपियन क्लब बेन्फिका अनुबन्धित हुनुअघि व्यवसायिक करियरको सुरुआतमा डी मारियाले सेन्ट्रलका लागि ३९ खेल खेलेका थिए । यस सिजनको अन्त्यसँगै जर्मन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट फुकुवा भएका डी मारिया अहिले सरुवा बजारमा ‘फ्रि ट्रान्सफर’ बनेका छन् ।

‘मैले अहिलेसम्म डी मारियासँग कुरा गरेको छैन । मसँग अहिले श्रीमतीसँग कुरा गर्ने समयसम्म छैन,’ टेभेजले भने, ‘तर, डी मारियालाई कसले चाहदैन ? यस क्लबका लागि डी मारियाको महत्व धेरै छ । अवस्था स्थिर हुँदै गएपछि म डी मारियासँग कुरा गर्नेछु र उनको आगामी चाहनाबारे बुझ्नेछु । उनले निकै ठूला क्लबहरुबाट खेलेका छन् । उनको प्रशिक्षक बन्न सजिलो हुनेछ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो