चैत्र ७, २०८२ शनिबार | ०६:२५:०६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फा निर्वाचन उम्मेदवार परिचय: सुशासनको एजेन्डा बोकेका उपाध्यक्षका उम्मेदवार सुन्दर नरसिंह

काठमाडौं । टुँडिखेल उनको घरबाट सहज दुरीमा थियो । फुर्सदको समयमा साथीभाइसँग टुँडिखेलमा फुटबल खेल्न जानु सुन्दर नरसिंह जोशीका लागि दैनिकी जस्तो भइसकेको थियो ।

उनका काकाहरू कृष्ण नरसिंह, बलराम नरसिंह जोशी नेपालकै पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी) का प्रमुख खेलाडी थिए । घरको वातावरण नै खेलकुदमय हुन्थ्यो ।

जनकपुरमा पहिलो राष्ट्रिय खेलकुद चलिरहँदा एनआरटी भने पाल्पामा राष्ट्रिय लिग खेलिरहेको थियो । राष्ट्रिय खेलकुदमा सहभागी नहुने क्लबले शीर्ष डिभिजनको हैसियत गुमाउने बताइयो । जोशी लगायत अन्य युवा टोली सहभागी भएरै भए पनि क्लबको हैसियत जोगाउन राष्ट्रिय खेलकुदमा एनआरटी सहभागी भयो । यद्यपि एनआरटीले सुखद नतिजा भने ल्याउन सकेन ।

सुन्दर नरसिंहले १५ वर्षको उमेरमा योङ एनआरटीबाट सहिद स्मारक ‘बी’ डिभिजन खेल्न थाले । एनआरटीले ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरिहँदा उनी जस्तै युवा खेलाडीको बाुहल्य रहेको योङ एनआरटीले ‘बी’ डिभिजनमा प्रतिस्पर्धा गरिरहेको थियो । २०३६ सालमा ‘ए’ डिभिजनमा बढुवा भएको योङ एनआरटी २०४० सालमा ‘बी’ डिभिजनमा घटुवा भयो । खेलाडी अभाव हुन थालेपछि भने योङ एनआरटी फुटबल गतिविधिबाट अलग भयो ।

जनकपुरमा पहिलो राष्ट्रिय खेलकुद चलिरहँदा एनआरटी भने पाल्पामा राष्ट्रिय लिग खेलिरहेको थियो । राष्ट्रिय खेलकुदमा सहभागी नहुने क्लबले शीर्ष डिभिजनको हैसियत गुमाउने बताइयो । जोशी लगायत अन्य युवा टोली सहभागी भएरै भए पनि क्लबको हैसियत जोगाउन राष्ट्रिय खेलकुदमा एनआरटी सहभागी भयो । यद्यपि एनआरटीले सुखद नतिजा भने ल्याउन सकेन ।

२०५२ सालसम्म जोशी पढाइका साथै खेलकुद सामग्री आयात गर्ने व्यवसायमा रुमल्लिए । त्यसै वर्ष उनी केन्द्रीय सदस्यको रूपमा एनआरटीको कार्यसमितिमा निर्वाचित भए । आफ्नो स्थानीय क्लब र आफूले व्यावसायिक खेलजीवन सुरु गरेको क्लबमा उनले कार्यसमितिमार्फत पुनरागनम जनाए ।

जोशी त्यसपछि कोषाध्यक्ष र महासचिव हुँदै २०७४ सालमा एनआरटीको पनि अध्यक्ष बने । अहिले क्लब अध्यक्षका रूपमा उनको दोस्रो कार्यकाल चलिरहेको छ । क्लबको केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म यात्रा तय गर्दा उनी सधैं निर्विरोध भए । कहिले चुनाव लड्नुपरेन ।

‘मैले एनआरटीको केन्द्रीय सदस्यदेखि कोपाध्यक्ष, महासचिव हुँदै अध्यक्ष बन्दा कहिल्यै मतदानमा जानुपरेन । म सबै पदमा निर्विरोध हुन्थें,’ जोशीले भने, ‘कुनै पनि पदमा मैले चुनाव लड्न लागेको यो पहिलोपल्ट हो । टिम राम्रो भएकाले आस छ पहिलो प्रयासमा सफलता निकाल्नेमा ढुक्क छु ।’

सुन्दर नरसिंह जोशी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति निर्वाचनमा पंकजविक्रम नेम्वाङको प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन् । उपाध्यक्षमा उनकै प्यानलबाट विराटजंग शाही, दावा लामा र दीपक खतिवडा पनि प्रत्याशी छन् ।

यता कर्माछिरिङ शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, कुमार केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा पनि उपाध्यक्षका प्रत्याशी छन् । आठ उम्मेदवार रहेको उपाध्यक्ष पदमा चार जनामात्र निर्वाचित हुनेछन् ।

‘मैले एनआरटीको केन्द्रीय सदस्यदेखि कोपाध्यक्ष, महासचिव हुँदै अध्यक्ष बन्दा कहिल्यै मतदानमा जानुपरेन । म सबै पदमा निर्विरोध हुन्थें,’ जोशीले भने, ‘कुनै पनि पदमा मैले चुनाव लड्न लागेको यो पहिलोपल्ट हो । टिम राम्रो भएकाले आस छ पहिलो प्रयासमा सफलता निकाल्नेमा ढुक्क छु ।’

जोशीले चार वर्षअघि परिवर्तनको नारासहित आएका शेर्पालाई समर्थन गरे पनि उनले आफ्नो योजनाअनुरुपको काम गर्न नसकेको गुनासो पोखे ।

‘कर्माजी प्यानलसहित विजयी हुनुभएको हो, उहाँसँग नेपाली फुटबल विकासका लागि धेरै काम गर्न सक्ने अवसर थियो तर उहाँले आफ्नै टोलीलाई विश्वासमा राख्न सक्नुभएन,’ जोशीले सुनाए, ‘केन्द्रीय समितिमा पनि मनोमानी ढंगले अघि बढ्ने अनि महासचिवसँग मिलेर साधारणसभाको निर्णय नै किर्ते गर्ने ? उहाँ व्यक्तिगत स्वार्थमा लिप्त हुनुभयो ।’

उनले भने, ‘एन्फा संस्था नै नराम्रो त होइन नि । नेतृत्वले नै संस्थाको गरिमा घटाउने काम गर्यो । अबको एजेन्डा भनेको एन्फामा भएको बेथिति हटाउँदै सुशासन कायम राख्नु हो । लिग थप व्यवस्थित पार्दै लैजाने र धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने मेरो अर्को प्राथमिकता रहनेछ ।’

जोशीले शेर्पा नेतृत्वले सहिद स्मारक लिग पनि झारो टार्ने हिसाबले गरेको आरोपसमेत लगाए । ‘उहाँ कति स्वार्थी हुनुहुन्छ भन्ने कुरा त एनएसएलमा ‘ए’ डिभिजन क्लबलाई जुन विभेदकारी भूमिका निभाउनुभयो त्यसले पनि प्रस्ट पार्छ,’ जोशीको आक्रोश छ, ‘लिग आउँछ, तर खेल तालिका र पुरस्कार रकम नै निर्धारण हुँदैन । क्लबको समस्या बुझ्ने फुर्सद नै उहाँमा देखिएन ।’ 

जोशीले आफ्नो प्रमुख एजेन्डा एन्फामा सुशासन कायम राख्ने रहेको सुनाए ।

उनले भने, ‘एन्फा संस्था नै नराम्रो त होइन नि । नेतृत्वले नै संस्थाको गरिमा घटाउने काम ग¥यो । अबको एजेन्डा भनेको एन्फामा भएको बेथिति हटाउँदै सुशासन कायम राख्नु हो । लिग थप व्यवस्थित पार्दै लैजाने र धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने मेरो अर्को प्राथमिकता रहनेछ ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो