नेपालले कतारमा प्रशिक्षण गर्ने

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ ।

बन्द प्रशिक्षणका लागि नेपाली टोली भदौ २५ मा दोहा उड्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बन्द प्रशिक्षणका लागी हाल पोखरामा प्रशिक्षणरत २५ सदस्यीय टोली कतार प्रस्थान गर्नेछ । 

नेपालले असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा विशेष प्रशिक्षण गर्न लागेको हो । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध असोज १५ गते खेल्नेछ । 

साफ च्याम्पियसिपका लागि नेपाली टोली कतारबाट असोज ११ गते माल्दिभ्स उड्ने एन्फाले बताएको छ । 

नेपाली टोलीले यही भदौ १७ र २० गते दशरथ रंगशालामा भारतविरुद्ध दुई अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेल्नेछ ।