चैत्र १४, २०८२ शनिबार | ०७:१०:२१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फर्कियो च्याम्पियन्स लिग, आज राति समूह चरणको ‘ड्र’

इस्तानबुल, (खेलाडी)- युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग नयाँ सिजनका लागि मैदानमा फर्किने अन्तिम तयारीमा छ । 

प्लेअफमार्फत छानिने सबै टोलीको टुंगो बिहीबार विहान भइसकेको छ । समूह चरण खेल्ने सबै ३२ टोलीको टुंगो लागिसकेपछि आजै राति समूह चरणको ‘ड्र’ हुनेछ । 

साविक विजेता चेल्सीलगायत सबै सहभागि अहिले व्यग्रताका साथ समूह चरणमा सहज प्रतिद्वन्द्वी परुन भनेर प्रार्थना गरिरहेका छन् । 

इङलिस प्रिमियर लिगबाट साविक विजेता चेल्सीसँगै गत वर्ष फाइनलमा पराजित भएको म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र लिभरपुल समूह चरणका लागि सोझै छनोट भएका थिए । 

युरोपका विभिन्न देशका लिगको नतिजाका आधारमा २६ टोली सोझै समूह चरणका लागि छानिन्छन् । बाँकी ६ टिमले भने छनोट प्रतियोगितामार्फत समूह चरणको ढोका खोल्नुपर्ने हुन्छ ।

यो वर्षको प्रतियोगितामा स्पेनबाट सबभन्दा बढि पाँच टोलीको सहभागिता रहनेछ । घरेलु ला लिगाका शीर्ष चार टोली सोझै समूह चरणलाई छानिदा युरोपा लिग विजेताको हैसियतले भिलारियालले पनि च्याम्पियन्स लिग खेल्नेछ । 

कुन देशबाट कस्ले सहभागिता जनाउने ?

स्पेन : एट्लेटिको मड्रिड, रियाल मड्रिड, बार्सिलोना, सेभिया, भिलारियाल
इङ्ल्यान्ड : म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सी
जर्मनी : बायर्न म्युनिख, आरबी लिपजिग, बोरुसिया डर्टमण्ड, उल्फसबर्ग
इटाली : इन्टर मिलान, एसी मिलान, एट्लान्टा, युभेन्टस
फ्रान्स : लिले, पेरिस सेन्ट जर्मन
पोर्चुगल : स्पोर्टीङ लिस्बन, एफसी पोर्टो, बेन्फिका
रुस : जेनिट सेन्ट पिट्सबर्ग
बेल्जियम : क्लब ब्रुगे
युक्रेन : डिनामो किभ, शाख्तर डोनेस्क
नेदरल्यानड्स : आयाक्स
टर्की : बेसिक्टास
स्विट्जरल्यान्ड : योङ ब्वाइज
स्विडेन : माल्मो
मोल्डाभियन गणतन्त्र : शेरिफ 
अस्ट्रिया : आरबी साल्जबर्ग


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो