चैत्र १४, २०८२ शनिबार | १३:१५:३१
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

झापा गोल्डकपः देवेन्द्र सर्वोत्कृष्ट

काठमाडौं । घरेलु टोली झापा ११ का देवेन्द्र तामाङ पाँचौ झापा गोल्डकप सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले एक थान यामाहा मोटरसाइकल प्राप्त गरे ।

यस्तै, अन्य विधागत पुरस्कारमा बेस्ट गोलकिपर आर्मीका विकेश कुथु, बेस्ट डिफेन्स मनोज राई (झापा ११), बेस्ट मिडफिल्डर आन्द्रेस निमा र उपाधि विजेता टोली आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने बेस्ट कोच घोषित भए ।

सबैले नगद २१ हजार पुरस्कार प्राप्त गरे । यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका घरेलु टोलीका स्ट्राइकर बिमल घर्तीमगरले नगद २५ हजार पाए ।

सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले झापा ११ लाई २–१ ले पराजित गर्दै लगातार तेस्रो पटक तथा समग्रमा चौथो पटक प्रतियोगिताको उपाधि चुमेको थियो । उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार पायो भने उपविजेता बनेको घरेलु टोलीले ६ लाख पाँच हजार पुरस्कार प्राप्त गर्यो ।

फाइलनमा आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले एक गोल गरे । झापा ११ का विमलले सान्त्वना गोल फर्काएका थिए ।

फागुन ११ गतेदेखि सुरु भएका प्रतियोगितामा १० टोलीको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो