माघ ११, २०८२ आइतबार | ०९:४४:३९
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

घरेलु मैदानमा इङ्ल्यान्डलाई चुनौती र अवसर

लन्डन, (खेलाडी)- इटालीलाई आइतबार वेम्बली रंगशालाको घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप (युरो २०२०) को फाइनलमा आतिथ्य प्रदान गर्दा इङ्ल्यान्ड मुख्य प्रतियोगितामा उपाधि जित्‍ने ५५ वर्ष देखीको प्रतिक्षामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ । 

रुसमा सन् २०१८ मा सम्पन्‍न विश्‍वकपको सेमिफाइनलमा क्रोएसियासँग निराश भएसँगै इङ्ल्यान्डको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यले पूर्णता पाउन सकेको थिएन । इङ्ल्यान्डले बुधबार दोस्रो सेमिफाइनलमा अतिरिक्त समयसम्म संघर्ष गर्दै डेनमार्कलाई २-१ ले हराएर पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको थियो । जुन इङ्ल्यान्डको उपाधि खडेरी तोड्ने सुनौलो अवसर बन्‍न सक्छ । 

युरो २०२० का अघिल्ला ६ खेल मध्ये इङ्ल्यान्डले एक खेल मात्र घर वाहिर खेलेको थियो । अन्य ५ खेल भने इङल्यान्डले वेम्बलीमा खेलेको थियो । इटालीविरुद्ध आइतबार हुने भिडन्त जारी प्रतियोगितामा वेम्बलीमा इङ्ल्यान्डको सातौं खेल हो ।

इङ्ल्यान्डले सन् १९६६ को विश्‍वकपछि अहिले सम्म कुनै प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । सन् १९६६ पछि इङ्ल्यान्ड ४ पटक प्रमुख प्रतियोगिताहरुको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँ भन्दा अघि बढ्न सकेको थिएन । तर गारेथ साउथगेटको युवा टोलीले आफूलाई नयाँ इतिहासको संघारमा पुर्‍याइसकेको छ ।

‘हामी इतिहास कोर्ने संघारमा छौं, त्यो पनि घरेलु समर्थकमाझ,’ साउथगेटले भने, ‘हामी उच्च लयमा छौं । यद्धपी इटालीको चुनौती पन्छ्याउनु सहज भने छैन ।’ 

३३ खेलमा अपराजित यात्रा कायम राखेको इटालीको चुनौती पन्छाउदै युरो २०२० को उपाधि जित्‍नु इङ्ल्यान्डका लागि सहज भने छैन । 

इटालीले सेमिफाइनलमा मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै फाइनलमा स्थान पक्का गरेको थियो । इटाली पनि सन् १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्यमा छ । यसअघि सन् २००० र २०१२ मा युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि इटालीले उपाधि भने आफ्नो पक्षमा पार्न सकेको थिएन । सन् २००० मा फान्ससँग निराश भएको इटाली सन् २०१२ मा स्पेनसँग स्तब्ध भएको थियो ।

सन् २०१२ को युरोपियन च्याम्पियनसिपको फाइनलमा इटाली स्पेनसँग ४-० ले निराश भएको थियो । सो टोलीका सदस्य मध्ये अहिले जर्जिनियो केलिनी र लियानार्दो बोनुची मात्र छन् । उनीहरु सन् २०१७ मा स्विडेनसँग पराजित हुदै सन् २०१८ को रुस विश्‍वकपमा छनोट हुन नसकेको टोलीमा पनि थिए । सन् २०१८ को रुस विश्वकपमा स्थान बनाउन नसकेको रोबर्टो मान्चिनीको टोली आफू पुरानो लयमा फर्किएको प्रमाणित गर्न चाहन्छ । 

मान्चिनीकै प्रशिक्षणमा इटालीले पुरानो लय भेट्टाएको संकेत गरिसकेको छ । आइतबार इङल्यान्डलाई हराउदै युरोपियन च्याम्पियनसिपको उपाधि जितेमा मान्चिनीले एउटा सफलता चुम्‍नेछन् । जुन सन् २०२२ को कतार विश्वकपका लागि समेत इटालियन टोलीको मनोबल उच्च बनाउन सहयोगी हुनेछ । 

‘सन् २०१८ को विश्‍वकपमा छनोट हुन नसक्दा टोलीमाथि दबाब थियो । मान्चिनीको प्रशिक्षणमा टोलीले नयाँ अयाम भेट्टायो,’ केलिनीले भने, ‘टोलीको पुरानो साख फर्काउन द‍ृढ इच्छाशक्तिकै कारण आज हामी युरो २०२० को उपाधि संघारमा छौं । मान्चिनीको आगमनले निराशालाई इच्छाशक्तिमा परिणत गरिदियो । हामीले पछिल्ला तीन वर्षमा देखेको यो नै एउटा सपना हो, युरो २०२० को उपाधिका साथ गुमाएको साख फर्काउने । जुन साकार पार्न हामी तयार छौं ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate