चैत्र ८, २०८२ आइतबार | १९:५३:०१
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

घरेलु मैदानमा इङ्ल्यान्डलाई चुनौती र अवसर

लन्डन, (खेलाडी)- इटालीलाई आइतबार वेम्बली रंगशालाको घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप (युरो २०२०) को फाइनलमा आतिथ्य प्रदान गर्दा इङ्ल्यान्ड मुख्य प्रतियोगितामा उपाधि जित्‍ने ५५ वर्ष देखीको प्रतिक्षामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ । 

रुसमा सन् २०१८ मा सम्पन्‍न विश्‍वकपको सेमिफाइनलमा क्रोएसियासँग निराश भएसँगै इङ्ल्यान्डको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यले पूर्णता पाउन सकेको थिएन । इङ्ल्यान्डले बुधबार दोस्रो सेमिफाइनलमा अतिरिक्त समयसम्म संघर्ष गर्दै डेनमार्कलाई २-१ ले हराएर पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको थियो । जुन इङ्ल्यान्डको उपाधि खडेरी तोड्ने सुनौलो अवसर बन्‍न सक्छ । 

युरो २०२० का अघिल्ला ६ खेल मध्ये इङ्ल्यान्डले एक खेल मात्र घर वाहिर खेलेको थियो । अन्य ५ खेल भने इङल्यान्डले वेम्बलीमा खेलेको थियो । इटालीविरुद्ध आइतबार हुने भिडन्त जारी प्रतियोगितामा वेम्बलीमा इङ्ल्यान्डको सातौं खेल हो ।

इङ्ल्यान्डले सन् १९६६ को विश्‍वकपछि अहिले सम्म कुनै प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । सन् १९६६ पछि इङ्ल्यान्ड ४ पटक प्रमुख प्रतियोगिताहरुको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँ भन्दा अघि बढ्न सकेको थिएन । तर गारेथ साउथगेटको युवा टोलीले आफूलाई नयाँ इतिहासको संघारमा पुर्‍याइसकेको छ ।

‘हामी इतिहास कोर्ने संघारमा छौं, त्यो पनि घरेलु समर्थकमाझ,’ साउथगेटले भने, ‘हामी उच्च लयमा छौं । यद्धपी इटालीको चुनौती पन्छ्याउनु सहज भने छैन ।’ 

३३ खेलमा अपराजित यात्रा कायम राखेको इटालीको चुनौती पन्छाउदै युरो २०२० को उपाधि जित्‍नु इङ्ल्यान्डका लागि सहज भने छैन । 

इटालीले सेमिफाइनलमा मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै फाइनलमा स्थान पक्का गरेको थियो । इटाली पनि सन् १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्यमा छ । यसअघि सन् २००० र २०१२ मा युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि इटालीले उपाधि भने आफ्नो पक्षमा पार्न सकेको थिएन । सन् २००० मा फान्ससँग निराश भएको इटाली सन् २०१२ मा स्पेनसँग स्तब्ध भएको थियो ।

सन् २०१२ को युरोपियन च्याम्पियनसिपको फाइनलमा इटाली स्पेनसँग ४-० ले निराश भएको थियो । सो टोलीका सदस्य मध्ये अहिले जर्जिनियो केलिनी र लियानार्दो बोनुची मात्र छन् । उनीहरु सन् २०१७ मा स्विडेनसँग पराजित हुदै सन् २०१८ को रुस विश्‍वकपमा छनोट हुन नसकेको टोलीमा पनि थिए । सन् २०१८ को रुस विश्वकपमा स्थान बनाउन नसकेको रोबर्टो मान्चिनीको टोली आफू पुरानो लयमा फर्किएको प्रमाणित गर्न चाहन्छ । 

मान्चिनीकै प्रशिक्षणमा इटालीले पुरानो लय भेट्टाएको संकेत गरिसकेको छ । आइतबार इङल्यान्डलाई हराउदै युरोपियन च्याम्पियनसिपको उपाधि जितेमा मान्चिनीले एउटा सफलता चुम्‍नेछन् । जुन सन् २०२२ को कतार विश्वकपका लागि समेत इटालियन टोलीको मनोबल उच्च बनाउन सहयोगी हुनेछ । 

‘सन् २०१८ को विश्‍वकपमा छनोट हुन नसक्दा टोलीमाथि दबाब थियो । मान्चिनीको प्रशिक्षणमा टोलीले नयाँ अयाम भेट्टायो,’ केलिनीले भने, ‘टोलीको पुरानो साख फर्काउन द‍ृढ इच्छाशक्तिकै कारण आज हामी युरो २०२० को उपाधि संघारमा छौं । मान्चिनीको आगमनले निराशालाई इच्छाशक्तिमा परिणत गरिदियो । हामीले पछिल्ला तीन वर्षमा देखेको यो नै एउटा सपना हो, युरो २०२० को उपाधिका साथ गुमाएको साख फर्काउने । जुन साकार पार्न हामी तयार छौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो