कोभिड १९

रंगशालामा कुल क्षमताको एक–तिहाई दर्शकलाई अनुमति दिने सरकारको निर्णय

काठमाडौं । कोभिड १९ को बढ्दो संक्रमणको जोखिम कम गर्न रंगशालामा कुल क्षमताको एक तिहाई दर्शकलाई मात्रै अनुमति दिने सरकारले निर्णय गरेको छ । 

सरकारले आइतबार सार्वजनिक गरेका मन्त्रिपरिषदको निर्णयअुनसार एक तिहाई दर्शकलाई आयोजककै खर्चमा एन्टजेन परीक्षण गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, माघ ७ गतेपछि भने खोपको मात्रा पूरा गरेका व्यक्तिलाई मात्रै खोप कार्डको आधारमा रंगशालामा प्रवशे दिने सरकाले निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमण खेलाडीमा समेत देखिन थालिसकेका बेला सरकाले यस्तो निर्णय गरेको हो । आइतबार हुने तय भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल कोभिडकै कारण स्थगित भएको थियो ।

च्यासलका १८ जना खेलाडीमा कोभिड संक्रमण देखिएछि आजको खेल स्थगित भएको थियो ।