चैत्र १७, २०८२ मंगलबार | ०५:१७:१७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

अन्तिममा सम्हालिन नसक्दा हार्नुपर्यो: प्रशिक्षक गुरुङ

काठमाडौं । सहिद स्मारक ए डिजिभन लिगमा थ्री स्टार क्लबविरुद्ध पराजित भएपछि संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङले अन्तिमको केही समय सम्हालिन नसक्दा पराजित हुनु परेको बताएका छन् ।

नवौं चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुरी समयमा गोल गर्दै जित कठिन जित निकालेको थियो । निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा थ्री स्टारका सब्स्टिच्युट खेलाडी विजय भुजेलले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले अन्तिम समयको दबाब झेल्न नसक्दा हार बेहोर्नु परेको प्रतिक्रिया दिए ।

‘थ्री स्टारले राम्रो खेलेको हो,’ उनले भने, ‘मेरा खेलाडीले पनि राम्रो खेलेकोमा कुनै शंका छैन । अन्तिम समयमा थ्री स्टारले आक्रामक खेलेका थिए । अन्तिम समयमा दबाब भयो । त्यसैले सेटपिस पनि उनीहरूले पाए, र हामीले गोल खानुपर्यो ।’

जितसँगै थी स्टार ९ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्ल्एिको छ । आठौं चरणसम्म तेस्रो स्थानमा रहेको संकटा आजको हारसँगै पाँचौं स्थानमा झरेको छ । संकटाको ९ खेलबाट १४ अंक छ ।

यस्तै खेलपछि विजयी टोली थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम समयमा भए पनि तीन अंक हासिल गर्दा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिए ।

‘आज तीन अंक चाहिएको थियो,’ उनले भने, ‘अन्तिममा भए पनि गोल निस्कियो, धेरै खुशी छु ।’

टोलीका दुई मुख्य डिफेन्डर नहुँदा आजको खेलमा गाह्रो भएको बताए । तर, नियमित खेलाडीको स्थानमा मौका पाएका नयाँ खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको उनले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो