माघ १७, २०८२ शनिबार | १९:३३:२२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

अन्तिममा सम्हालिन नसक्दा हार्नुपर्यो: प्रशिक्षक गुरुङ

काठमाडौं । सहिद स्मारक ए डिजिभन लिगमा थ्री स्टार क्लबविरुद्ध पराजित भएपछि संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङले अन्तिमको केही समय सम्हालिन नसक्दा पराजित हुनु परेको बताएका छन् ।

नवौं चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुरी समयमा गोल गर्दै जित कठिन जित निकालेको थियो । निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा थ्री स्टारका सब्स्टिच्युट खेलाडी विजय भुजेलले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले अन्तिम समयको दबाब झेल्न नसक्दा हार बेहोर्नु परेको प्रतिक्रिया दिए ।

‘थ्री स्टारले राम्रो खेलेको हो,’ उनले भने, ‘मेरा खेलाडीले पनि राम्रो खेलेकोमा कुनै शंका छैन । अन्तिम समयमा थ्री स्टारले आक्रामक खेलेका थिए । अन्तिम समयमा दबाब भयो । त्यसैले सेटपिस पनि उनीहरूले पाए, र हामीले गोल खानुपर्यो ।’

जितसँगै थी स्टार ९ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्ल्एिको छ । आठौं चरणसम्म तेस्रो स्थानमा रहेको संकटा आजको हारसँगै पाँचौं स्थानमा झरेको छ । संकटाको ९ खेलबाट १४ अंक छ ।

यस्तै खेलपछि विजयी टोली थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम समयमा भए पनि तीन अंक हासिल गर्दा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिए ।

‘आज तीन अंक चाहिएको थियो,’ उनले भने, ‘अन्तिममा भए पनि गोल निस्कियो, धेरै खुशी छु ।’

टोलीका दुई मुख्य डिफेन्डर नहुँदा आजको खेलमा गाह्रो भएको बताए । तर, नियमित खेलाडीको स्थानमा मौका पाएका नयाँ खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको उनले बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।