चैत्र १८, २०८२ बुधबार | १३:४६:५२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

संकटा र थ्री स्टारको पहिलो हाफ गोलरहित बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जारी संकटा क्लब र थ्री स्टार क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही मौका बनाए पनि त्यसलाई फाइनल टच दिन सकेनन् । दोस्रो मिनेटमा थ्री स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन ।

चौथो मिनेटमा थ्र स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरीया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।

थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बादक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरिया बाट गरेको प्रहार थ्रि–स्टारका गोलकिपर प्रिसोले बचाएका थिए ।

त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरीएको थियो । २२औं मिनेटामा राफाएल रिमले फ्रिकिम मार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेन ।

लिगमा संकटा तालिकाको चौथो स्थानमा र थ्री स्टार पाँचौ स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो