माघ १५, २०८२ बिहीबार | १६:३४:५३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नवौं चरणदेखि लिगमा सामाजिक दूरी अनिवार्य

काठमाडौं । कोभिड १९ संक्रमणको जोखिम कम गर्न जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका आगामी खेलमा सामाजिक दूरी कायम गरेर दर्शक राखिने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।

कोभिड संक्रमणको जोखिम बढ्दै गएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक दूरी कायम गरेर दर्शक राख्ने तयारी गरेको लिग कमिटिका संयोजक विज्ञानराज शर्माले खेलाडीलाई जानकारी दिए ।

एन्फाको आयोजनामा जारी लिगको आठौं चरणसम्म पूर्ण दर्शक क्षमताका लागि ढोका खुला थियो । तर, नवौं चरणदेखि सबै खेलमा सामाजिक दूरी अनिवार्य गरेर प्यारापिटमा टाँसिएको स्टिकरको कार्यान्वयन हुने संयोजक शर्माले जानकारी दिए ।

‘खोप कार्ड अनिवार्य गरिसकेपछि सामाजिक दूरी अनिवार्य त होइन, तर हामीले जोखिम अझै कम गर्नका लागि सामाजिक दूरी कायम गर्ने तयारी गरेका छौं,’ उनले खेलाडीसँग भने, ‘मास्क, स्यानिटाइजर लगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सामाजिक दूरी कायम गर्ने तयारीमा हामी छौं ।’

एन्फाले सिजन सुरु हुनुअघि लिग दौरान कुनै पनि खेलाडीलाई कोेभिड संक्रमण देखिए सम्पूर्ण उपचार खर्च आयोजकले बेहोर्ने बताएको थियो । तर, हालसम्म कुनै पनि खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी छैन ।

जारी लिगको आठौं चरण सकिँदा आधाभन्दा धेरै सिजन सकिसकेको छ । नवौं चरण सुरुआतअघि मछिन्द्र फुटबल क्लब २० अंकसहित शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानको मनाङको १९ र तेस्रो स्थानको संकटाको १४ अंक छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।