चैत्र ७, २०८२ शनिबार | ०६:२६:१७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नवौं चरणदेखि लिगमा सामाजिक दूरी अनिवार्य

काठमाडौं । कोभिड १९ संक्रमणको जोखिम कम गर्न जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका आगामी खेलमा सामाजिक दूरी कायम गरेर दर्शक राखिने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।

कोभिड संक्रमणको जोखिम बढ्दै गएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक दूरी कायम गरेर दर्शक राख्ने तयारी गरेको लिग कमिटिका संयोजक विज्ञानराज शर्माले खेलाडीलाई जानकारी दिए ।

एन्फाको आयोजनामा जारी लिगको आठौं चरणसम्म पूर्ण दर्शक क्षमताका लागि ढोका खुला थियो । तर, नवौं चरणदेखि सबै खेलमा सामाजिक दूरी अनिवार्य गरेर प्यारापिटमा टाँसिएको स्टिकरको कार्यान्वयन हुने संयोजक शर्माले जानकारी दिए ।

‘खोप कार्ड अनिवार्य गरिसकेपछि सामाजिक दूरी अनिवार्य त होइन, तर हामीले जोखिम अझै कम गर्नका लागि सामाजिक दूरी कायम गर्ने तयारी गरेका छौं,’ उनले खेलाडीसँग भने, ‘मास्क, स्यानिटाइजर लगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सामाजिक दूरी कायम गर्ने तयारीमा हामी छौं ।’

एन्फाले सिजन सुरु हुनुअघि लिग दौरान कुनै पनि खेलाडीलाई कोेभिड संक्रमण देखिए सम्पूर्ण उपचार खर्च आयोजकले बेहोर्ने बताएको थियो । तर, हालसम्म कुनै पनि खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी छैन ।

जारी लिगको आठौं चरण सकिँदा आधाभन्दा धेरै सिजन सकिसकेको छ । नवौं चरण सुरुआतअघि मछिन्द्र फुटबल क्लब २० अंकसहित शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानको मनाङको १९ र तेस्रो स्थानको संकटाको १४ अंक छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो