फाल्गुन २९, २०८२ शुक्रबार | ११:५२:१९
युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी

तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले साफ फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग दूर्भाग्यजनक बराबरी खेलेको छ ।

मंगलबार बैंककको नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपालले पाकिस्तानसँग दुईपटक तीन गोलको अग्रता लिएको थियो । अन्त्यमा खेल ४–४ को बराबरीमा टुंगियो । एकसमय ३–० ले अगाडि रहेको नेपाल अर्कोपटक ४–१ को अग्रतामा थियो । तर, पाकिस्तानले चार मिनेटमा तीन गोल गर्दै नेपालसँग एक अंक खोस्यो ।

बराबरीसँगै नेपालको उपाधि अभियान कठिन मोडमा आइपुगेको छ । अब उपाधिका लागि नेपालले बाँकी तीन खेल जित्नुपर्ने छ नै, अन्य टोलीको नतिजमा पनि भर पर्नुपर्नेछ । तीन खेलमा पाँच अंक जोड्दै नेपाल हाल अंकतालिकाको तेस्रो स्थानमा छ । अघिल्लो खेलमा पनि अन्तिम साढे एक सेकेन्ड आफूलाई सम्हाल्न नसक्दा नेपालले भारतलाई एक अंक उपहार दिएको थियो । पाकिस्तानको यो पहिलो बराबरी हो । चार खेलमा पाकिस्तान सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

दिनको दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्ने तालिका छ । भारतलाई हराए माल्दिभ्सले नेपाललाई शीर्ष स्थानमा चार अंकले उछिन्नेछ ।

नेपालले खेलको ३५ सेकेन्डमै अग्रता लिएको थियो । कप्तान विजयी श्रेष्ठको पासमा विक्रान्त नरसिंह रानाले लेफ्ट फुटेड सुन्दर गोल गरेका थिए । विक्रान्तले प्रहार गरेको बल कप्तान मोहम्मद हस्सन जफर खानसँग डिफ्लेक्ट हुँदै जाली चुमेको थियो ।

निर्धारित हाफको अन्तिम मिनेट विक्रान्तले दोस्रो गोल गरे । यसपाली पनि गोलमा विजयीको योगदान रह्यो । विजयीको प्रहार पोस्टमा ठोक्किँदै फर्किएको थियो । नेपालको अग्रता दोब्बर बनाउन गोल स्कोरिङ पोजिसनमा रहेका विक्रान्तलाई मात्र ‘वान टच’ आवश्यक रह्यो ।

खेलको २५औं मिनेटमा निसार हुसेनको अनियन्त्रित बलको फाइदा उठाउँदै जेनिस प्रजापतिले सानदार गोल गरे । नेपालले तीन गोलको अग्रता लियो । तर, एक मिनेटपछि नै पाकिस्तानले पहिलो गोल गर्यो । निसारले आफूलाई ‘रिडिम’ गरे । उनको पासमा मोहम्मद इल्हामले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए ।

नेपालको चौथो गोलमा फेरि एकपटक विजयीको संलग्नता रह्यो । ३३औं मिनेटमा उनको पासमा सुरज गुरुङले गोल गरे । यसपछि चार मिनेटमा पाकिस्तानले तीन गोल फर्काएको हो ।

सुरजको गोलमा नेपालले खुसी मनाएको एक मिनेट पनि बित्न नपाउँदै निसार हुसेनले खेललाई ४–२ को स्थितिमा पुर्याए । लगत्तैको मिनेटमा आसिफ अहमद चौधरीले गोल गरे । त्यसपछि ३७औं मिनेटमा कप्तान जफर खानले चौथो गोल गरे ।

नेपालले बिहीबार आफ्नो चौथो खेलमा माल्दिभ्ससँग खेल्नेछ । सोही दिन पाकिस्तानले बंगलादेशसँग खेल्ने तालिका छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||