काठमाडौं । कोमो १९०७ लाई ३–१ ले हराउँदै एसि मिलानले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी तीन अंकमा छोट्याएको छ ।
मिलानको जितमा एड्रियन रोबिओटले दुई गोल गरे । क्रिष्टिफर एनकुन्कुले एक गोल थपेका हुन् । यसअघि कोमाका मार्क केम्पले सुरुआती अग्रता बनाएका थिए ।
बिहीबार रातिको खेलसँगै इटालियन सिरी ए को अंक तालिका निकै रोमाञ्चक बनेको छ ।
२० खेलबाट ४६ अंकसहित इन्टर शीर्ष स्थानमा छ । समान खेलबाट मिलानको ४३ अंक रह्यो । तेस्रो स्थानको नापोलीको ४० अंक छ ।
यता, चौथो र पाँचौं स्थानमा रहेका क्रमशः युभेन्ट्स र रोमाको समान ३९ अंक रहेको छ । पराजित कोमो पनि ३४ अंकसहित छैटौं स्थानमा छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
