फाल्गुन १, २०८२ शुक्रबार | ०९:४६:३१
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी

काठमाडौं । बुधबारबाट सुरु भएको साफ पुरुष फुटसल च्याम्पियनसिपमा भारत र बंगलादेशले ४–४ को रोमाञ्चक बराबरी खेलेको छ ।

बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको दोस्रो खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबैले एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा मोहम्मद मोइन अहमदको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । तीन मिनेटपछि अनमोल अधिकारीले भारतलाई बराबरीमा ल्याए । १६औं मिनेटमा बंगलादेशले पुनः अग्रता बनायो । मोहम्मद राहबर वाहेद खानले टोलीलाई २–१ को स्थितिमा पुर्याए । चार मिनेटपछि नै भारत फेरि खेलमा फर्कियो । यसपाली गोल गर्ने खेलाडी थिए, लालसम्पुवा ।

दोस्रो हाफमा भारतले ३-२ को अग्रता लियो । के रोलुवाहपुइयाले २७औं मिनेटमा गोल गरे । चार मिनेटपछि मोहम्मद मोइन अहमदको व्यक्तिगत दोस्रो गोलमा खेल ३-३ को स्थितिमा पुग्यो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा रोलुवाहपुइयाले व्यक्तिगत दोस्रो गोल गर्दा भारत जिततर्फ अग्रसर बन्यो । तर, एक मिनेटपछि नै राहबर वाहेद खानले फेरि गोल गर्दा बंगलादेशले हार टार्यो ।

दिनको पहिलो खेलमा भुटान र श्रीलंकाले पनि ३-३ को बराबरी खेलेको थियो ।

दिनको तेस्रो खेलमा माल्दिभ्सले पाकिस्तानसँग खेल्नेछ । नेपालको पहिलो खेल शुक्रबार श्रीलंकासँग छ ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026