पुस ७, २०८२ मंगलबार | १५:३५:३७
टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी

फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता

धनगढी । कैलाली जिल्ला फुटबल संघ (केडिएफए) र चैतन्य पाठशालाबीच जिल्लामा फुटबल गतिविधि सकृया बनाउन मंगलबार दुई वर्षे सम्झौता भएको छ ।

सम्झौतापत्रमा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य अनिल मल्ल र चैतन्य पाठशालाका प्रमूख कार्यकारी अधिकृत (सिइओ) गणेशप्रसाद जोशीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार हरेक वर्ष चैतन्य पाठशालाको आयोजना तथा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा चैतन्य फुटबल प्रिमियर लिग आयोजना हुनेछ । लिगमा आर्थिक तथा अन्य क्षेत्रको व्यवस्थापन चैतन्य पाठशालाले तथा प्राविधिक व्यवस्थापन जिल्ला फुटबल संघले गर्ने उल्लेख छ ।

जिल्ला फुटबल संघले जनाएअनुसार संघमा आबद्ध भएर ‘विशुद्ध’ फुटबलमा लागेका खेलाडीहरुका बालबालिकालाई चैतन्य पाठशालाले ५० प्रतिशत छात्रवृतिमा पढाउने, संघले गर्ने सबैखाले प्रतियोगीता वा गतिविधिमा पाठशाला सहयोगी संस्थाको रुपमा रहने, खेलकुदमा युवाहरुलाई बढीभन्दा सहभागी गराउने, क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठी आयोजना गर्ने, जिल्लाको महिला फुटबल विकासका लागि विशेष कार्यक्रमहरु गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष मल्लले जिल्लाको समग्र फुटबल विकासका लागि चैतन्य पाठशालासँग ऐतिहासिक सम्झौता गरिएको बताउँदै पाठशालालाई जिल्लामा मात्र नभई एन्फाले गर्ने सबैखाले कार्यक्रममा कुनै न कुनै माध्यमबाट सहभागी गराउने पनि आश्वासन दिए ।

पाठशालाका सिइयो जोशीले शिक्षा र खेलकुदलाई सँगै अगाडि बढाउने उद्देश्यअनुरुप फुटबलसँग सम्झौता गरिएको बताए । उनले आगामी दिनमा खेलकुदको नेतृत्व नै गर्ने गरि पाठशालालाई अगाडि बढाउन दीर्घकालिन योजनाका साथ एकेडेमी नै दर्ता गरिसकेको जानकारी गराए ।

सम्झौता कार्यक्रमा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, अभिभावक संघका अध्यक्ष इश्वर गिरी लगायत सहभागी थिए भने संघको तर्फबाट महासचिव ललित मिश्र, कोषाध्यक्ष भागीराम चौधरीलगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I