काठमाडौं । राउल जिमेनेजले पहिलो हाफमा कीर्तिमानी पेनाल्टी गोल गरेपछि फुलहमले सोमबार इङ्लिस प्रिमियर लिगको खेलमा कमजोर टोली नटिङघम फरेस्टमाथि १–० को जित हासिल गरेको छ ।
पहिलो हाफ सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा फुलहमले पेनाल्टी पाएको थियो । डगलस लुइजले अर्का ब्राजिली खेलाडी केभिनमाथि फाउल गरेपछि रेफ्रीले फुलहमले पेनाल्टी पाएको थियो ।
इन्ज्युरी समयको छैटौं मिनेटमा प्राप्त उक्त पेनाल्टीलाई मेक्सिकन स्ट्राइकर जिमेनेजले विना कुनै गल्ती गोलमा परिणत गरेका थिए । प्रिमियर लिगमा जिमेनेजको यो ११ औं पेनाल्टीमा ११ औं गोल थियो ।
प्रिमियर लिगमा ११ पेनाल्टीसम्म सतप्रतिसत सफलताको तथ्यांक आफैमा दूर्लभ हो । जिमेनेजबाहेक याया टाउरेसँग मात्र यो लिगमा ११ पेनाल्टीमा ११ गोल गरेको कीर्तिमान छ ।
‘मलाई पेनाल्टीको दबाब मन पर्छ । मैले अहिलेसम्म पेनाल्टीको अवसर खेर फालेको छैन । यो सम्झँदा मलाई धेरै खुसी लाग्छ । र, मुख्य गरि यसलाई म निरन्तरता दिन चाहन्छु । आगामी खेलमा पनि पेनाल्टीको अवसर आएमा त्यहाँ म देखिनेछु,’ जेमिनेजलाई उद्यृत गर्दै बेलायती सञ्चार माध्यमहरुले लेखेका छन् ।
क्रिस्मसअघिको अन्तिम खेलको नतिजापछि फुलहम १७ खेलमा प्राप्त २३ अंकका साथ १३ औं स्थानमा उक्लिएको छ । १२ र ११ औं स्थानमा रहेका ब्रेन्टफोर्ड र न्युक्यासलको खातामा पनि समान २३ अंक छ । फरेष्ट
ाई पेनाल्टीको इन्जुरी समयको छैटौं मिनेटमा गरेको गोलमा फुलहमले नटिङघम फरेस्टमाथि १–० को जित हासिल गरेको छ ।
१७ खेलमा २३ अंकका साथ फुलहम १३औं स्थानमा छ । यसैगरी फरेस्ट चाँही १८ अंकका साथ १७ औं स्थानमा छ । जुन भनेको आजको अवस्थामा रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले माथि हो ।
