पुस ६, २०८२ सोमबार | १४:०२:०३
एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक

एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गर्ने नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा २० टिम सहभागी हुने भएका छन् । पुस ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमबाहेकले तीन विदेशी खेलाडी खेलाउन पाउनेछन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का भएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाएको थियो ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

 

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I