पुस ७, २०८२ मंगलबार | ०९:२८:११
इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने

नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि

काठमाडौं । डेविड नेरेसले दुवै हाफमा गोल गरेपछि इटालियन सिरी ‘ए’ को साविक विजेता नेपोलीले सोमबार साउदी अरेबियामा बोलोग्नालाई २–० को नतिजामा हराउँदै तेस्रो पटक इटालियन सुपरकपको उपाधि उचालेको छ ।

गत सिजनको लिग र कप प्रतिस्पर्धाका विजेता तथा उपविजेताहरुबीचको प्रतियोगिता सुपरकपको निर्णायक प्रतियोगिता यसपाली साउदी अरेबियाको रियादमा भएको थियो ।

नेरेसले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा सनसनीपूर्ण गोलमार्फत नेपोलीलाई अग्रता दिलाएका थिए । २५ मिटरको दुरीबाट उनले प्रहार गरेको वायाँ खुट्टे कडा प्रहार विपक्षी गोलकिपरलाई कुनै मौका नै नदिई गोलमा परिणत भएको थियो । नेरेसले ५९औं मिनेटमा नेपोलीका लागि दोस्रो गोल गर्दै सुपरकपको उपाधि पक्का गरे ।

आयाक्स तथा साआ पाउलोका पूर्व विंगर नेरेसले सन् २०२४ को अगस्टमा बेन्फिकाबाट सरुवा भएर इटाली आएयता नेपोलीका लागि एकै खेलमा दुई गोल गरेको यो दोस्रो पटक हो । जसले इटालियन सुपरकपमा नेपोलीको तेस्रो उपाधि पक्का गर्यो । नेपोलीले यसअघि सन् १९९० र २०१४ मा यो उपाधि जितेको थियो ।

एन्टोनियो कोन्टेको टोलीले पछिल्ला ९ प्रतिस्पर्धात्मक खेलमध्ये सातमा जित हासिल गरेको छ । सिरी ‘ए’ मा टोली एसी मिलानभन्दा १ तथा शीर्ष स्थानको इन्टर मिलानभन्दा २ अंकले पछि रहँदै तेस्रो स्थानमा छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I