पुस ७, २०८२ मंगलबार | १६:३१:४३
टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी टाइगर कपमा हेल्प नेपाल नखेल्ने फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी

टाइगर कपमा हेल्प नेपाल नखेल्ने

काठमाडौं । नेपाली भलिबलको महारथी हेल्प नेपाल स्पोर्टस क्लबले यसपाली पोखरामा हुने लोकप्रिय प्रतियोगिता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको छैटौं संस्करणमा भाग नलिने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका सहभागी टिमको आयोजकद्धारा मंगलबार सार्वजनिक गरिएको सूचिमा हेल्प नेपाल स्पोर्टस क्लबको नाम छैन ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर महिला र पुरुष दुवैतर्फ समान सात टिमको सहभागिता रहने जानकारी गरायो । आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार यसपाली प्रतियोगितामा थाइल्याण्ड, माल्दिभ्स र भारतबाट विदेशी टोली सहभागी हुनेछन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, रुपन्देहीको एभरेस्ट भलिबल क्लब र थाइल्याण्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रने शर्माले जानकारी गराए ।

यसैगरी पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ तथा माल्दिभ्स र भारतबाट एक÷एक टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विजेता टिमले ६ लाख ६६ हजार ६६६ रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने बताइएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल भलिबल संघद्वारा स्वीकृत प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) को नियमअनुसार हुनेछ । प्रतियोगिता आयोजनामा एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय रेफ्रीहरू सहभागी हुने बताइएको छ । दर्शकहरूका लागि पूरा प्रतियोगिता हेर्न मिल्ने अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ । त्यसको मुल्य ३५०० रुपैयाँ पर्नेछ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I